OnlinePana

आज : २०८१ चैत्र २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र १, २०८१
६ पटक

२ चैत २०८१, शनिबार

सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सत्ता सञ्चालकका कमजोरीलाई लिएर गणतान्त्रिक व्यवस्थामाथि दोष थुपार्ने काम नगर्न आग्रह गर्नुभएको छ ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ कर्णाली प्रदेशको आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले व्यक्तिको कमजोरीका कारण व्यवस्थामाथि दोष थुपार्दा गणतन्त्रमाथि प्रश्न चिन्ह गर्नेले मौका पाएको बताउनुभयो । यसले आजको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि प्रहार भइरहेको उहाँको भनाई थियो । ्

मुख्यमन्त्री कँडेलले भन्नुभयो, “सत्ता सञ्चालन प्रक्रियमा केही खराबी होलान । नागरिकका अपेक्षा पनि पुरा नभएका होलान् यद्यपि सुधारेर जान सकिन्छ तर सत्ताको कमजोरीलाई व्यवस्थासँग तुलना गर्नु जायज होइन । अहिले व्यवस्थामाथिको भएको प्रहारले नागरिक अधिकारमाथि नै धावा बोलेको छ ।”

जनताको लामो संघर्षपछि प्राप्त लोकतान्त्रिक व्यवस्थाको विकल्प अझ उन्नत खालको लोकतन्त्र भएको बताउँदै मुख्यमन्त्री कँडेलले फेरि रैती शासन व्यवस्था ल्याउछु भनेर लाग्नु मुर्खता भएको र त्यस्तो मुर्खता नगर्न अपिल गर्नुभयो । उहाँका अनुसार नेपाली जनताको त्याग, समर्पण र बलिदानबात आएको यो भन्दा अर्को उन्नत व्यवस्था छैन । भएका अभाव र कमजोरीहरु सच्याउँदै व्यवस्थमाथिको प्रहार गर्ने काम बन्द गर्नुपर्दछ ।

प्रतिकृया दिनुहोस्