फागुन १८, २०८१

७ पटक

१८ फागुन २०८१, आईतबार
प्रधानमन्त्री केपी शर्मा ओलीलाइ कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेले निम्तो दिनुभएको छ ।
मुख्यमन्त्री कँडेलले आज काठमाडौँमा प्रधानमन्त्री ओलीलाई भेटेर निम्तोपत्र दिनुभएको हो । यही फागुन २३ गते कर्णाली प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्न अनुरोध गर्दै प्रधानमन्त्रीलाई निम्तो पत्र दिईएको मुख्यमन्त्री कँडेलका प्रमुख स्वकीय सूर्यमणि गौतमले जानकारी दिनुभयो ।
यस अघि प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गरिसक्नु भएको छ । प्रमुख स्वकीय गौतमका अनुसार प्रधानमन्त्रीको उक्त सम्बोधनबाट कर्णालीको पूर्वाधार विकास, राष्ट्रिय गौरवको आयोजना र प्रदेशको जीवनरेखा मानिने कर्णाली र भेरी करिडोर निर्माणमा विशेष सहयोग पुग्ने अपेक्षा गरिएको छ ।