OnlinePana

आज : २०८१ फागुन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १३, २०८१सुर्खेत
६ पटक

१३ फागुन २०८१, मंगलबार

बुलबुले गुरुयोजना कार्यान्वयनका लागि ताल निर्माणको सिलन्यास गरिएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज ताल निर्माणको सिलन्यास गर्नुभएको हो ।

ताल निर्माणको सिलन्यास गर्दै उहाँले कर्णाली प्रदेशको उत्कृष्ट पर्यटकीयस्थल बुलबुले ताललगायतका विकासका संरचना निर्माणमा सबै सरोकारवालाहरुको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सिलन्यास तामझामले गर्ने तर पछि सुख्खाराम हुने गरी काम नगर्नुस् । काम गर्दा पुरस्कार लिने गरी काम गर्नुस् । अतिरिक्त शुल्क तिर्नुपर्दैन । भुक्तानीमा कहीँ कतै समस्या हुँदैन ।”

उहाँले बुलबुले तालःसहित काक्रेबिहारको काम क्रमश अगाडि बढेको र सामाजिक विकास मन्त्रालयसँग जोडिएको चौघान चौरको निर्माण कार्य पनि निकट भविश्यमै सुरु हुने बताउनुभयो । स्वयं सेवाका हिसाबले ताल निर्माण कार्यको अनुगमन निरक्षिण गरी पृष्ठपोषण गर्न समेत मुख्यमन्त्री कँडेलले सम्बद्ध सबैलाई अनुरोध गर्नुभयो ।

भू तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख शिखर चपाईले चालु आर्थिक वर्षको असार १० गते सम्पन्न हुने गरी विसं.२०८१ फागुन ४ गते प्रवीन निर्माण सेवा सुर्खेतसँग निर्माण कार्यको सम्झौता भएको बताउनुभयो । चार हजार दुई सय वर्ग स्क्वाएर मिटर क्षेत्रफलको ताल निर्माणका लागि रु.एक करोड १२ लाख ३६ हजार आठ सय ६३ रकम निर्माण सेवासँग सम्झौता भएको उहाँले जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्