OnlinePana

आज : २०८१ माघ ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २६, २०८१ जुम्ला,
३७ पटक

जुम्ला, माघ २६ गते ।

जुम्लाको तातोपानी गाउँपालिकाले छाउपडि प्रथा विरुद्धको विधेयक पारित गरेको छ । गाउँपालिकाको १६ औं गाउसभाले छाउपडि प्रथा विरुद्धको विधेयक अन्य विधेयक पनि पारित पारित गरिएका छन् । गाउँपालिका उपाध्यक्ष रेवति रावलका अनुसार गाउँपालिकामा छुईप्रथा न्यूनिकरण गर्न, सामाजिक जनचेतना बढाउनका लागि सो विधेयक बढाईएको छ । उपाध्यक्ष रावलले गाउँपालिकाको कार्यसूचिमा सो विधेयक पारित गरि विधेयकले यस क्षेत्रमा न्यूनिकरणमा काम गर्नेलाई पुरस्कृत तथा प्रोत्साहन गर्नेलाई दण्डित समेत गरिने भएको छ । यसैगरी एकल पुरुष सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनका लागि समेत कार्यविधि बनाईएको छ ।
तातोपानी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता अमर रोकायाका अनुसार १६ औ गाउँसभाले विभिन्न १५ वटा नयाँ ऐन, कानून, कार्यबिधि, निर्देशिका तथा २ वटा पुराना कार्यविधि संशोधन विधेयक गरि पारित भएको जानकारी दिनुभयो ।

तातोपानी गाउपालिकाको बिधान तथा सुशासन समितिको संयोजक तथा गाउँ सभासदस्यको हैसियतले आफुले १६ औं गाउँ अधिबेशनमा टेबुलेसन गरि पारित भएको जानकारी दिनुभयो । उहाँका अनुसार घर बिमा सम्बन्धि कार्यबिधि २०८१, एकल पुरुष भत्ता वितरण सम्बन्धि कार्यबिधि २०८१, अटो रिक्सा संचालन तथा व्यवस्थापन सम्बन्धि ऐन २०८१, लोकसेवा आयोगको निशुल्क कक्षा संचालन तथा व्यवस्थापन कार्यबिधि २०८१,व्यावसायिक पंक्षी फर्म तथा ह्यचरी संचालन सम्बन्धि कार्यबिधि २०८१ पारित गरिएको छ ।

यसैगरी गाउँपालिकाले बिपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम सम्बन्धि कार्यबिधि २०८१, नर्सरी संचालन तथा व्यवस्थापन निर्देशिका २०८१, षोषणमैत्री वडा तथा पालिका धोषणा सम्बन्धि कार्यबिधि २०८१, ढुंगा गिट्टी बालुवा उत्खनन सम्बन्धि मापदण्ड २०८१, कन्टेजेन्सी रकम व्यवस्थापन र खर्च सम्बन्धि कार्यबिधि २०१८, छाउपडी प्रथा बिरुद्ध कार्यक्रम कार्यान्वयन कार्यबिधि २०८१, बाल सहभागीता कार्यबिधि २०८१, बालबिवाह निरोत्साहित निर्देशिका २०८१, बालबालिका माथि हुने सबै प्रकारका हिंसा उजुरी सुनुवाइ कार्यबिधि २०८१ र आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका २०८१ पारित भएका छन् । यसैगरी २ वटा कार्यविधि संशोधन समेत गरिएको छ । संशोधन गरिएकोमा घर नक्सा पास सम्बन्धि कार्यबिधि २०८० ( पहिलो संशोधन), तातोपानी धारा संचालन तथा व्यवस्थापन कार्यबिधि २०७९ ( पहिलो संशोधन) रहेका छन् । उहाँका अनुसार एकल पुरुष भत्ता वितरण कार्यविधि अनुसार बार्षिक ४ हजार भत्ता दिने समेत जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत तिर्थ कठायतका अनुसार गाउँसभाबाट पारित ऐन कानुन, कार्यबिधि र नितिहरु स्थानिय राजपत्रमा प्रकाशन भई तातोपानी गाउपालिका जुम्लाले कार्यनयनमा ल्याउने जानकारी दिनुभयो । उहाँले स्थानीय राजपत्रमा प्रकाशित गरि कार्यान्वनमा ल्याईने प्रतिवद्धता जनाउनु भयो । महिनावारी, सुत्केरीको समयमा छुई मान्ने प्रचलन विद्यमान भईरहेको समयमा यस प्रथालाई नियन्त्रण गर्न छाउपडि विरुद्धको कार्यविधि सकारात्मक भएको अधिकारकर्मीहरुको वुझाई छ ।
क्याप्सन ः जुम्लाको तातोपानी गाउँपालिकाको १६ औं गाउँसभा तस्बिर गाउँपालिका, जुम्ला ।

 

 

प्रतिकृया दिनुहोस्