जेठ १० गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परीक्षण गरिएका सबै स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । साविक कणालीका पाँच जिल्ला मध्य जुम्ला सहित मुगु, हुम्ला र कालिकोटबाट विभिन्न मितिमा संकलन गरेर पिसिआर परीक्षण गरिएका दुईहजार ७६० व्यक्तिको रिपोर्ट नेगेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ ।
प्रतिष्ठान जुम्लाका शिक्षाध्यक्ष डा. निरेश थापाका अनुसार प्रतिष्ठानमा शुक्रबारसम्म संकलन भएका सवै स्वाबको पिसीआर परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
प्रतिष्ठानको दैनिक प्रकाशन गर्ने पिसिआर रिपोर्ट प्रतिवेदनमा हाल सम्म जुम्लामा परीक्षण गरिएको दुई हजार सात सय ६० जानको स्वाब नेगेटिभ आएको छ । जसमा जुम्ला सहित कर्णाली प्रतिष्ठानका कर्मचारी, जनस्वास्थ्य सेवा कार्यालयका कर्मचारी तथा स्वास्थ्यकर्मीहरु, पत्रकारहरु नेपाली सेना, सुरक्षा निकाय गरी जुम्लाका १२९१ जना, कालिकोटका ७१५ हुम्लाका ४०८ र मुगुका ३४६ जनाको जुम्लामै पिसिआर परीक्षण गरि नतिजा नेगेटिभ आएको छ ।
यसैगरी जुम्लामा पिसिआर मेशिन नआउदै भारत र तेस्रो मुलुकबाट आएका ३२४ जनाको हेलिकोप्टर मार्फट स्वाब संकलन गरेर काठमाण्डौ लिई जाँच गरेर नेगेटिभ आएको थियो ।
पछिल्लो समय पनि कर्णाली प्रदेश सरकारले हेलिकोप्टर मार्फत कर्णालीका यातायातको पहुँच नपुगेका जिल्लाहरुमा स्वास्थ्यकर्मी पठाई स्वाब संकलन गरिएको थियो । गत वैशाख २८ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावल जुम्ला पुगेर कर्णाली प्रतिष्ठानमा पुगेर स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिई जिल्ला जिल्ला खटाईएको थियो । जिल्ला जिल्लामा स्टेशन बनाएर ल्याईएका स्वाब परीक्षण गरी नतिजा नेगेटिभ आएको हो ।
यसैगरी जुम्लाको हिमा गाउँपालिका ३ ओदी गाउँका एक यूवाको मृत्यू कोरोनाबाट भएको आशंका भएपछि उनि सहित चार जना परिवारको स्वाब संकलन गरेर ल्याई परीक्षण् गरिएको थियो । सो प्रतिवेदन पनि नेगेटिभ आएको प्रतिष्ठानले जानकारी गरेको छ ।
यसैगरी आरडिटी पोजेटिभ देखिएका हुम्ला नाम्खाका दुई र मुगु खत्याड गाउँपालिकाका एक जनाको पिसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको पनि प्रतिष्ठानले जनाएको छ ।
नेत्र शाही जेठ १०, २०७७जुम्ला,
८९२ पटक
- थेल्स, टेस्ला र नरेश
- सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धीको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन जुम्लामा हुँदै
- ज्येष्ठ र अपाङ्गता पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री
- सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा ‘जुम्ला घोषणापत्र’ जारी
- लोकतन्त्रको विकासमा प्रेसजगत्को अहम् भूमिकाः मुख्यमन्त्री कँडेल
- कर्णालीमा ‘औद्योगिक प्रदर्शनी प्रतियोगिता’ भोलिदेखि
- औद्योगिक प्रदर्शनी प्रतियोगितामा राडीपाखी उद्योग प्रथम
- अब हाम्रो अभिभारा जनताको अवस्था बदल्नेः मुख्यमन्त्री
- नेपालको आर्थिक समृद्धिको ढोका दैलेखबाट खुल्छः मन्त्री भण्डारी
- मप विश्वविद्यालयलाई प्रतिस्पर्धी बनाउछौंः उपकुलपति गौतम