OnlinePana

आज : २०८१ कार्तिक ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही , कार्तिक ३, २०८१जुम्ला,
९३ पटक

 

कार्तिक ३ गते । जिल्लाको हिमा गाउँपालिकाले आयोजना गरेको कर्णाली प्रदेश स्तरीय दशै केन्द्रीत भलिवल प्रतियोगिता सुर्खेतको लेकवेसी नगरपालिकाले हात पारेको छ ।
लेकवेसी नगरपालिकाको टिमले कालिकोटको खाडाचक्र नगरपालिकालाई फाईनल खेलमा ३ सेटले हराउदै विजेता हुन सफल भएको हो । फाईनल खेलमा पहिलो शुरुवाति पहिलो सेटमा खाडाचक्र नगरपालिकाले जित हाशिल गरेपनि दोस्रो, तेस्रो, चौथो लगातारको सेट सुर्खेतको लेकवेसी नगरपालिकाले जितेको छ ।

हिमा गाउँपालिकाको आर्थिक सहयोग, स्थानीय लामा बिष्णु यूवा क्लवको आयोजना तथा वडा नम्बर वडा नम्बर २ का समन्वयमा ओदी गाउँमा संचालन गरिएको भलिवल प्रतियोगितामा प्रथम पुरस्कार रु दुई लाख नगद सहित मेडल, प्रमाणपत्र प्रथम हुन सफल भएको टिम सुर्खेतको लेकवेसीलाई प्रदान गरिएको छ ।

यसैगरी उपविजेता खाडाचक्र नगरपालिकालाई रु एक लाख नगद रुपिया सहित मेडल, प्रमाणपत्र प्रदान गरिएको लामा बिष्णु यूवा क्लवका अध्यक्ष धिरेन्द्र रोकायाले जानकारी दिनुभयो । अध्यक्ष रोकायाका अनुसार खेलमा सर्वोकृष्ट खेलाडी लेकवेसी नगरपालिकाका जीवन शाही हुनु भएको छ । यसैगरी उत्कृष्ट स्पाईकर ज्ञानेन्द्र घर्ति, उत्कृष्ट डिफेन्सर, मिलन शाही, उत्कृष्ट लिप्टर ललित विक हुनु भएको छ । यसैगरी हरेक खेल अवधिमा उत्कृष्ट खेल प्रदर्शन गर्ने २३ जना खेलाडिलाई छुट्टै रु पाँच सयको दरले पुरस्कृत गरिएको छ । विजेता टिमलाई पुरस्कार वितरण हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही र उपाध्यक्ष सुपर्ना शाहीले गर्नु भएको थियो ।

जुम्लाको सवैभन्दा ठूलो राशीको उक्त प्रतियागितामा कर्णालको जुम्ला, कालिकोट, सुर्खेत सहितका जिल्लाबाट जम्मा २६ वटा भलिवल टिम दर्ता भई १५६ खेलाडिले मैदानमा प्रतिष्पर्धा गरेका थिए । यही असोज २९ गते देखी शुरुवात भएको भलिवल प्रतियोगिताको पुरस्कार वितरण गर्दै हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले खेल क्षेत्रको प्रवर्धन गर्न प्रतियोगिता आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले भलिवल प्रतियोगिता निरन्तर हुने प्रतिवद्धता जनाउनुभयो । लामा बिष्णु यूवा क्लवले झण्डै २० बर्ष देखी दशै र त्यहाँको लामा विष्णु पैठको अवसर पारेर भलिवल प्रतियोगिता गर्दै आएको छ ।

क्याप्सन ः जुम्लाको हिमा गाउँपालिका लामा बिष्णुयूवा क्लवले आयोजना गरेको २ लाख राशीको प्रतियोगिताको  तस्बिर नेत्र शाही, जुम्ला ।

प्रतिकृया दिनुहोस्