OnlinePana

आज : २०८१ आश्विन ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन १६, २०८१ सुर्खेत
४७ पटक

 १५ असोज २०८१, मंगलबार

कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आज राति १२ः०० बजेबाट लागु हुने गरी अन्त्य भएको छ ।

कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको राति १२ः०० बजे लागु हुने गरी प्रदेश प्रमुख यज्ञराज जोशीले अधिवेशन अन्त्य गर्नुभएको जानकारी दिनुभयो । सभामुख गुरुङले चालु अधिवेशनमा आजसम्म ३३ बैठक बसी ४६ घण्टा १५ मिनेट ब्यतित गरेको बताउनुभयो ।

अधिवेशन अन्त्यका लागि बसेको सभाको बैठकमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलला कँडेलले नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी र समयमै कार्यान्वयन गर्न मातहतका निकाय र त्यहाँका प्रमुखहरुलाई निर्देशन दिएर सरकार अगाडि बढेको बताउनुभयो । बोलपत्र आह्वान गर्नुपर्ने योजनामा ५० प्रतिशत योजनाको बोलपत्र आह्वान भइसकेको बताउँदै उहाँले बिगतमा अधुरा रहेका वा बहुवर्षीय योजनाहरुको विषयमा निर्माण व्यवसायीहरुलाई राखेर प्रदेश सरकारले छलफल गरेको जनाउनुभयो ।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका नेता राजकुमार शर्माले सरकारको नेतृत्वले हदैसम्मको पूर्वाग्रह राखेर अगाडि नबढ्न र छलकपट नगरी कर्णालीका जनताको हितमा काम गर्न सुझाउनुभयो । बैठकमा नेपाली काँग्रेस तथा नेकपा एमाले प्रदेशसभा दलका प्रमुख सचेतकद्वय हिक्मतबहादुर विष्ट र टेकराज पछाई, नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य कल्याणी खड्कालगायतले धारणा राख्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्