OnlinePana

आज : २०८१ आश्विन ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन ७, २०८१काठमाडौं
१४८ पटक

असोज ७ गते । जुम्लाको दुर्गम बस्तिका ५ वटा विद्यालयमा बालमैत्री र अपाङ्गतामैत्री पक्कि भवन निर्माण गरिएका छन् । जुम्लाको हिमा गाउँपालिका, सिँजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा ५ वटा आधुनिक भवन निर्माण कार्यसम्पन्न भई हस्तान्तरण समेत गरिएको छ ।

जिल्लाको हिमा गाउँपालिका भैरव आधारभुत विद्यालय जोडिबाडा, महादेव आधारभुत विद्यालय तलिउकुडु, सिंजा गाउँपालिकाको आधारभुत विद्यालय जोडु, कनकासुन्दरी गाउँपालिका आधारभुत विद्यालय गोरुचौर, कनकासुन्दरी गाउँपालिका आधारभुत विद्यालय भैलेपाटा सहित ५ वटा विद्यालयमा आधुनिक पक्कि भवन निर्माण सम्पन्न भएका छन् ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी पाँचवटै भवनहरुको उद्घाटन गर्नु भएको छ । चारवटा विद्यालयमा भौतिक संरचनाको अभाव भोगिरहेका ति स्थानमा ४ कोठाको अपांगताता मैत्री, वालमैत्री भवन, कक्षा १,२ र ३ ईसिडि कक्षा, महिला शौचालय, पुरुष शौचालय, वालमैत्री हातधुने स्थान सहितका भवन तथा भैलेपाटा आधारभुत आधारभुत विद्यालयमा अपांगतामैत्री वालमैत्री भवन निर्माण भएका छन् ।

स्थानीय सरकारको साझेदारीमा नवनिर्मित भवन स्थानीय तहलाई हस्तातरण समेत गरिएको छ । साझेदार संस्था प्लान नेपालको सहयोगमा साझेदारी सहयोग केन्द्रबाट निर्माण भएका भवन स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ । प्लान नेपालका क्षेत्रीय प्रवन्धक मिना पराजुलीका अनुसार पाँच वटा भवन निर्माणमा रु तिन करोड ४९ लाख ५४ हजार ५३ रुपैया खर्च भएको छ । जसमा स्थानीय सरकारको रु १३ लाख र रु ३ करोड ३६ लाख ५४ हजार ५३ रुपैया प्लान नेपालको लागत रहेको छ ।
एक कार्यक्रमका विच नवनिर्मित भवनको संरचना, लागत सहितका बृस्तृत पुस्तिका सहित भवन स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ । नवनिर्मित भवन उद्घाटन कार्यक्रममा कर्णालीका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले विद्यालयमा गुणस्तरीय भवन निर्माण गर्ने सहयोगी निकाय सहित सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले सिँजा सभ्यता नेपालीको ईतिहास वोकेको क्षेत्र भएकाले यहाँको विकासमा सवैको सहयोग आवश्यक रहेको छ । उहाँले गुणस्तर भवन निर्माण भएकाले यसको भरपुर प्रयोग गरि शिक्षामा टेवा पुयाउन अनुरोध गर्नुभयो ।
सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले ििशक्षा क्षेत्रमा लगानी भनेको सवैभन्दा उत्तम हुने भएकाले गुणस्तरीय भवन निर्माणमा सहयोग गर्ने साझेदार निकाय सहित सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो । हिमा गाउँपालिका जुम्लाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले विद्यालयमा गुणस्तरीय भवन निर्माण गर्न सघाउने साझेदार निकायलाई नेपाललाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले यस्तै संरचना भएमा विद्यालयमा गुणस्तरीय शिक्षामा जोड हुने बताउनुभयो । भैरव आधारभुत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमनाथ योगीले भत्केको जिर्ण कक्षा कोठामा विद्यालय संचालन भईरहेको अवस्थामा अव नयाँ आधुनिक ४ कोठे भवन, ईसिडि र मैत्री शौचालय बन्दा निकै राहात हुने बताउनुभयो । उहाँका अनुसार यो कार्यका लागि सहयोग गर्ने गाउँपालिका, साझेदार संस्थालाई धन्यवाद ज्ञापन गर्दछु । उहाँका अनुसार भैरव आ.वि.मा विद्यालयको जग्गा ७ विगा १७ कट्टा जमिन रहेको छ । सो जग्गामा स्याउ पनि लगाईएको छ ।

हिमा गाउँपालिको भैरव आवि जोगिवाडामा भिजन निर्माण सेवाले भवन निर्माण गर्ने जिम्मा लिईएको थियो । भवन राम्रो बनाएको भन्दै विद्यालयले सो निर्माण सेवाका प्रोपाईटर राष्टु कठायतलाई सम्मान समेत गरिएको छ । नवनिर्मित भवन उद्घाटन कार्यक्रममा प्लान ईन्टरनेश्नल नेपालका प्रोगाम गुणस्तरीय एण्ड ईन्नोभेसन निर्देशक जुली गुरुङले अभाव भएको क्षेत्रमा काम गर्न पाउदा खुशी व्यक्त गर्नुभयो । साझेदार संस्था पेस नेपालका अनुसार भैरव आवि जोगिवाडामा ६१ लख ९५ हजार, तिन सय ४३ रुपैया ५० पैसा र महादेव आधारभुत विद्यालय रु ६३ लाख ७२ हजार आठ सय ६७ रुपैया बजेट खर्च भएको छ । यसैगरी कनकासुन्दरी गाउँपालिका वडा नम्बर ७ गोरुचौर आधारभुत विद्यालय, आधारभुत विद्यालय र लेकपोर आधारभुत विद्यालयमा पनि भवन उद्घाटन तथा स्थानीय सरकारलाई हस्तान्तरण तयारी गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्