OnlinePana

आज : २०८२ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र ५, २०८१
११५ पटक

५ भदौ २०८१, बुधबार

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले हुम्ला जीप दुर्घटनामा परी गम्भीर घाईते भएको बिरामीको उपचारमा कमी हुन नदिन निर्देशन दिनुभएको छ ।

चंखेली गाउँपालिका २ गौरी सल्लामा आज बिहान करिब ८ः०० बजे भएको जीप दुर्घटनामा परी घाईते भएका बिरामीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आज साँझ कर्णाली प्रदेश अस्पताल पुग्नुभएका मुख्यमन्त्री कँडेलले घाईतको उपचारमा कमी हुन नदिन अस्पताल प्रशासनलाई निर्देशन दिनुभएको हो ।

जीप दुर्घटनामा गम्भीर घाईते भई हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा भर्ना भएका चंखेली गाउँपालिका २ हुम्लाका ३५ वर्षीय सुरेन्द्रबहादुर शाही, ५० वर्षीय तिलबहादुर शाही, १५ वर्षीय रविन शाही, रारा छायाँनाथ नगरपालिका १३ मुगुका ३५ वर्षीय रमेश मल्ल र सोही नगरपालिका १ का ४० वर्षीय पृथ्वी राउतलाई प्रदेश अस्पतालमा भर्ना गरिएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णाली प्रदेश २००.च.०९२२ नम्बरको जीप चंखेली गाउँपालिका २ हुम्ला गौरीसल्लादेखि देउली बजारतर्फ जाँदै गर्दा गौरीसल्लामा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा पाँच जना गभ्मीर र सवारी चालक बुढीनन्दा गाउँपालिका ४ बाजुराका २५ वर्षीय महेन्द्रविक्रम शाह र चंखेली गाउँपालिका २ हुम्लाका ३५ वषई वर्षीय मायादेवी शाही सामान्य घाइते थिए ।

 

प्रतिकृया दिनुहोस्