OnlinePana

आज : २०८३ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन १६, २०८१
२४९ पटक

 १६ साउन २०८१, बुधबार

डोल्पाबाट बिरामी ल्याएर आएको हेलिकप्टर सुर्खेतको पूर्वी भेकमा पर्ने रामघाटस्थित धानको खेतमा आकस्मिक अवतरण गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता बीरेन्द्रनबीर विश्वकर्माका अनुसार सशस्त्र प्रहरी सहायक निरीक्षक नरबहादुर बिसीलाई बोकेर फर्केको उक्त हेलिकप्टर सुर्खेतको भेरीगङ्गा नगरपालिका १३, रामघाटमा आकस्मिक अवतरण गरेको हो । खराब मौसमका कारण धानको खेतमा हेलिकोप्टर अवतरण गरिएको उहाँले जनाउनुभयो ।

खेतमा अवतरण गरेको हेलिकप्टोर सुरक्षित रहेको र अहिले राजधानी सुर्खेत ल्याईसकिएको प्रवक्ता विश्वकर्मालेले बताउनुभयो । उहाँका अनुसार बिरामी बिसीलाई त्यहाँबाट एम्बुलेन्समार्फत कर्णाली प्रदेश अस्पतालमा पठाइएको छ । डोल्पामा माउण्टेन सिकनेस (लेक लागेर) स्वास्थ्यमा जटिलता आएपछि यहाँ पुर्याइएको र अहिले बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालमा उपचाररत डा.आशीश यादवले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्