OnlinePana

आज : २०८१ मंसिर १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २२, २०८१सुर्खेत
६५ पटक

२१ असार २०८१, शुक्रबार

कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रदेशसभाबाट सवसम्मतले पारित भएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको आज बसेको २१औं बैठकबाट बजेट सर्वसम्मतले पारित भएको हो । सभामुख नन्दा गुरुङ्ले आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीलाई ‘कर्णाली प्रदेशसभा नियमावली २०७९’ को नियम १४७ को उपनयिम ५ बमोजिम ‘कर्णाली प्रदेश विनियोजन तथा आर्थिक विधेयक २०८१’ सहित समग्र बजेट पारितका लागि सभामा प्रस्ताव गर्न समय दिनुभयो ।

सभामुख गुरुङ्को निर्देशन अनुसार मन्त्री केसीले बजेट पारितका लागि सभामा प्रस्ताव गर्नुभयो । बजेट पारितका लागि मन्त्री केसीले प्रस्ताव गरेसँगै सभामुखले प्रदेश सरकारको आगामी आव. २०८१÷०८२ को ल्याएको रु.३१ अर्ब ४१ करोड ४१ हजारको बजेट सर्वसम्मतले पारित भएको घोषणा गर्नुभयो । उहाँका अनुसार अर्को बैठक यही असार २३ गते दिउसो ३ः०० बजे बस्नेछ ।

प्रतिकृया दिनुहोस्