OnlinePana

आज : २०८१ कार्तिक ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दिलमाया शाही ,आषाढ ५, २०८१जुम्ला ।
२४४ पटक

कनकासुन्दरी असार ४ गते । जिल्लाको कनकासुन्दरी गाउँपालिका जुम्लाले आर्थिक वर्ष २०८१।०८२ को लागि सुझाब संकलन थालेको छ । गाउँपालिकाले पालिका स्तरका सरोकारवाला निकायहरुलाई एकै स्थानमा वोलाएर सुझाव संकलन माग गरिएको प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र बहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार यस पालिकाको बिकासको लागि यहाँका राजनिीतकदल, नागरिक अगुवा, बुद्धिजिवि लगायत सरोकारवालाहरु संग छलफल गरेको हो ।

सुझाव संकलन कार्यक्रममा साविक जिल्ला विकास समितिका उपसभापति गौरीलाल न्यौपानेले वातावरणीय प्रभाव मूल्यांकन गरेर सडक तथा भौतिक संरचना निर्माण गर्न सुझाव दिनुभयो । उहाँले सिंजा सभ्यताका जगेर्ना गर्दै सामुदायिक लाभ लिने योजना छनौट र समन्यव सहकार्य गर्न अनुरोध गनुभयो ।

पूर्व गाउँपालिका उपाध्यक्ष उर्मिला खत्रीले घरेलु हिंसा न्यूनिकरण गर्न, महिलाहरुको आश्रयकेन्द्र स्थापना गर्न सुझाव दिनुभयो । पूर्वगाविस अध्यक्ष रणबहादुर रोकायाले स्थानीय कृसानलाई अनुदान स्थानीय उत्पादनमा जोड दिनुभयो ।

पत्रकार महासंघ शाखा जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले जिल्लाको सञ्चार क्षेत्रको प्रर्वधन गर्ने बजेटमा जोड दिन अनुरोध गर्नुभयो । उहाँले आगु औषध नियन्त्रण, वालिका यौन दुव्यवहार नियन्त्रण, महिला शशक्तिकरणका कार्यक्रममा जोड दिन अनुरोध गर्नुभयो ।

गाउँपालिका उपाध्यक्षका प्रत्यासी तथा नेकपा माओवादी केन्द्रका नेता गुणस्तरीय शिक्षाका लागि अभिभावकको भूमिका बढाउने कार्यक्रममा जोड, गुणस्तर संरचनामा जोड दिने कार्यक्रम, वितरण प्रणाली पार्दर्शी र पिडितले अवसर पाउने प्रकारका कार्यक्रममा जोड दिन अनुरोध छ ।
स्थानीय महिला धनलक्ष्मी तिवारीले पालिकाले दिने योजनाहरुको प्रभावकारी कार्यान्वयन नभएको बताउदै योजनाहरुको उपभोक्ता समिति गठन हुदा राजनीतिक भागबन्डा हुने कार्यको अन्त्य गर्नु पर्ने सुझाव दिनुभयो ।

 

गाउँपालिकाको आ.ब. २०८१÷०८२ को निति कार्यक्रम तथा बजेटका लागि सर्वपक्षिय सुझाव संकलन गरेको कार्यक्रममा राजनैतिकदल, सामाजिक क्षेत्रका व्यक्ति देखी अगुवा व्यक्तिहरुले सुझाव दिनुभएको छ ।

गाउँपालिकाका अध्यक्ष दमोदर प्रसाद आचार्यलेले हरेक बर्ष बजेट ल्याउनु भन्दा पहिले यहाका सरोकारवाला संग सुझाब संकलन गर्ने गरेको बताउनुभयो । उहाँका अनुसार सरोकारवाला सँगको अन्तरक्रिया पछि बिषयगत शाखामा पनि यस्ता सुझाव संकलन गरिनेछ । कनकासुन्दरी गाउँपालिकालाई समृद्ध बनाउनका लागि स्थानीय सरकारले एक्लै नसक्ने भन्दै सबै संग सहकार्य गरेर जाने प्रतिवद्धता जनाउनुभयो ।

गाउँपालिका उपाध्यक्ष प्रेमकली बुढाले सरोकारवाला निकायले दिएका राम्रा सुझाव ग्रहण गरिने बताउनुभयो । उहाँले कनकासुन्दरीको सोचे अनुसारको विकासका लागि सवैको सहकार्य र सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्रमुख प्रशसकिय अधिकृत दिपेन्द्र बहादुर भण्डारीका अनुसार यहाम्को आबश्यकतामा आधार बजेट ल्याउनको लागि अन्तरक्रिया कार्यक्रम गरेको हो । उहाँका अनुसार यो एउटा शुसासनको एउटा पाटो पानी जनस्तरबाट आयका सुझाब ग्रहण गरि पालिकाले बजेट बनाउछ । यसको लागि पालिकाले हरेक वर्ष नीति तथा कार्यक्रम ल्याउनु भन्दा पहिला सरोकारवाला संग छलफल चलाएका हौ ।

 

प्रतिकृया दिनुहोस्