OnlinePana

आज : २०८१ मंसिर ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ४, २०८१सुर्खेत
७६ पटक

 ३ असार २०८१, सोमबार

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव बद्रीनाथ गैह्रे हाजिर भएको दुई साता नपुग्दै सरुवा हुनुभएको छ ।

मन्त्रालयका सचिव ध्रुव घिमिरे यही जेठ ४ गते सरुवा भएको १९ दिनपछि सचिव गैह्रे यही जेठ २३ गते मन्त्रालयमा हाजिर हुनुभएको थियो । मन्त्रालयमा हाजिर भएको ११ दिनपछि गृह मन्त्रालयले आईतबार उहाँलाई बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिवमा सरुवा गरेको छ । अहिले कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिवमा कमानसिंह खत्रीलाई सरुवा गरिएको छ ।

सचिव गैह्रेले भन्नुभयो, “मेरो यस अघि नै बागमती प्रदेशमा जाने भन्ने थियो । केही कुरा नमिल्दा यता आइयो । अब सरुवा भइसकेको छ । उताबाट मलाई बोलाई सकिएको छ । अब एक दुई दिनमै जानुपर्छ । सरुवा भएको सचिव आउनुहुन्छ । एक वर्षमा एउटै मन्त्रालयमा तीन सचिव फेरबदल हुँदा कार्यसम्पादन तथा कामकाजमा समस्या भएको छ । त्यसमा पनि आर्थिक वर्ष समाप्तिको अन्तिम महिना असार नजिकमा सचिव सरुवा हुँदा त्यसको मर्कामा सेवाग्रही परेका छन् ।

विसं.२०७४ यता पहिलो सचिव केशवराज आचार्यसहित कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून सचिवका रुपमा १३ सचिव आए । जसमा गैहेको कार्यवधि सबैभन्दा छोटो रह्यो । गैह्रै ११ दिन, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णालीमा कार्यरत आनन्द सारु विसं.२०७९ फागुन २६ देखि चैत २३ गतेसम्म २७ दिन र सचिव प्रेमराज गिरी विसं.२०७८ फागुन ९ गते हाजिर भएर चैत्र १८ गतेसम्म ३९ दिन कार्यवधि रहेको थियो ।

फागुन महिना यता मात्र उक्त मन्त्रालयका नौजना कर्मचारीहरु सरुवा भएका छन् । सचिव गैह्रै, सचिव धु्रव घिमिरे, कानून उपसचिव निधिराज न्यौपाने, शाखा अधिकृतद्वय हितप्रसाद पौडेल र निर्मला रेग्मी, प्रशासकीय अधिकृतद्वय पदमप्रसाद जैसी र खेमराज उपाध्याय फागुनपछि सरुवा हुनुभएको मन्त्रालयका सूचना अधिकारी रोशन शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार गीताप्रसाद पौडेल, धनमाया खनाल केसी (पाँचौ) र खेमराज वली (चौथो) पनि यही वर्ष सरुवा हुनुभएको हो । आर्थिक वर्षको अन्त्यमा सचिवलगायतका कर्मचारी सरुवा गरिने संस्कृतिले कर्णालीले वर्सेनि समस्या झेल्दै आएको छ ।

प्रतिकृया दिनुहोस्