OnlinePana

आज : २०८१ कार्तिक ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २७, २०८१जुम्ला,
२८७ पटक

फाईल तस्बिर :

जेठ २७ गते । जिल्लाको हिमा गाउँपालिकामा अज्ञात रोगले भेडा मरेका छन् । हिमा गाउँपालिकाका वडा नम्बर १ बड्की गाउँका किसान विरबहादुर शाही १० वटा, कर्णबहादुर शाही ६ वटा, अकल शाही शाही ४ वटा, जिर शाहीका ३ वटा भेडा मरेका हुन् ।

किसान विरबहादुर शाहीका अनुसार हिमा गाउँपालिका नदैपाटन र ठाकुरपानीमा भेडा मरेका छन् । भेडामा पातलो दिशा हुने, ज्वरो आउने, काप्ने र मर्ने समस्या भएको छ । यो एक महिनाको अवधिमा २३ वटा भेडा मरिसकेका किसान शाहीले जनाएका छन् । उहाँका अनुसार आजको ३ दिनभित्र करिब १० भेडा मरेका छन् ।

यता रोगको वारेमा के हो भन्ने बिषयमा जानकारी भएको छैन । हिमा गाउँपालिका पशुशाखा प्रमुख नरसिङ थापाले त्यस क्षेत्रमा प्राविधिक पठाउने तयारी भएको बताउनुभयो । उहाँका अनुसार औषधी सकिएको र स्थानीय तहमा खरिद गर्ने तयारी भईरहेको छ । औषधी अभावले हिमामा समस्या भईरहेको किसानको गुनासो बढरिहेको छ । उहाँले औषधी तथा थप प्राविधिकका लागि पशुअस्पताल तथा पशुसेवा कार्यालयमा माग गरिएको जानकारी दिनुभयो ।

भेडा मर्नथालेपछि अहिले भेडा कालाकाटिया तिर सारिएको किसानले जनाएका छन् । यता पशु अस्पताल तथा पशुसेवा कार्यालयले भेडाको रोग पत्ता लगाउन गाउँपालिकाले गर्यो भने आवश्यक औषधी पठाईदिने बताएको छ । कार्यालय प्रमुख ज्ञानेन्द्र बुढ्थापाले स्थानीय तहमा शाखाको समन्वयमा रोगको पहिचान गरि उपचार गरिने र औषधी, प्राविधिक पठाईने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्