२५ जेठ २०८१, शुक्रबार
कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले भूगोल र जनसंख्याका आधारमा बजेट निर्माण हुनुपर्ने बताउनुभएको छ ।
तथ्याङ विभागद्वारा वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित कार्यक्रममा बोल्दै सभामुख गुरुङ्ले कर्णालीको विकट भूगोल र जनसंख्या दुवैलाई ध्यानमा दिएर बजेट बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “भूगोल र जनसंख्याका मुद्दालाई विकासका हरेक क्षेत्रमा समावेश गर्न नीति कार्यक्रम र योजना आवश्यक हुन्छ । यसको सबै क्षेत्रमा एकीकृत गर्दै सहज परिचालन र समयसापेक्ष बनाउन सकिएमात्र हामीले भन्दै आएको समृद्धिको लक्ष्य हाँसिल हुन्छ ।”
उहाँले जनसंख्यालाई बढी उत्पादनशील बनाउन सीप तथा क्षमताका विकासमा जोड दिनुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो । यसको व्यवस्थापनको दीर्घकालीन ठोस योजना बनाउनुपर्ने र यसका लागि बन्ने नीति तथा कार्यक्रम प्रभावकारी हुनुपर्ने सभामुख गुरुङको भनाई थियोे ।
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार ८० प्रतिशत परिवार न्यून वर्गका रहेको छन् । कुल ६६ लाख ६० हजार आठ सय ४१ परिवारमध्ये कर्णालीमा तीन लाख ६६ परिवार ३७ परिवार छन् । त्यसमध्ये ८० प्रतिशत गरिब छन् । यसमा ५१.१ प्रतिशत आधा भन्दा परिवार गरिब रहेको जनाइएको छ ।
कर्णालीको बालबिबाहको दर, वासस्थान, भौगालिक क्षेत्र, शैक्षिक अवस्था, घरपरिवार आम्दानीको स्तर र जातजातिको आधारमा फरक फरक तथ्याङ्क रहेको उल्लेख गरिएको छ । उक्त कार्यक्रममा सहभागी प्रदेशसभा सदस्य तथा जनप्रतिनिधिहरुले जनअपेक्षामा आधािरत बजेट निर्माण गर्न र जनसंख्यालाई आधारमा मानेर योजना बनाउन सुझाव दिएका थिए ।