OnlinePana

आज : २०८१ जेठ ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १३, २०८१सुर्खेत
१९१ पटक

१३ बैशाख २०८१, बिहीबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत प्राप्त भएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको आज बसेको दशौं बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत प्राप्त गर्नुभएको हो । कुल ४० सदस्य संख्या रहेको कर्णाली प्रदेशसभामा ३५ प्रदेशसभा सदस्य उपस्थित भएका थिए । जसमा २३ प्रदेशसभा सदस्यले मुख्यमन्त्री कँडेलको पक्षमा र १२ सदस्यले विपक्षमा मतदान गरे । एक जना सदस्य भने तटस्थ रहे ।

मुख्यमन्त्री शर्माले कँडेलले विश्वासको मत प्राप्तिका लागि सभासमक्ष राख्नुभएको प्रस्तावको पक्षमा जम्मा २३ मत परेको र उक्त संख्यामा प्रदेशभामा तत्काल कायम रहेकोले सम्पूर्ण सदस्य संख्याको बहुमत भएको बताउँदै सभामुख नन्दा गुरुङले नेपाल संविधानको धारा १६८ को उपधारा ४ बमोजिम राख्नु भएको प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभएको थियो ।

हाल कर्णाली प्रदेशसभामा नेपाली काँग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादी पार्टी, राप्रपा र स्वतन्त्रको एक÷एक गरी ४० सभा सदस्य रहेका छन् । सभामुख गुरुङले प्रदेशसभाको अर्को बैठक यही बैशाख १७ गते दिउसो ३ः०० बजे बस्ने सूचना गर्नुभयो ।

 

प्रतिकृया दिनुहोस्