OnlinePana

आज : २०८१ कार्तिक ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,आश्विन ८, २०८० जुम्ला,
१८७ पटक

२०८० असोज ८ गते । जुम्लाका प्रतिनिधिसभा सांसद ज्ञानबहादुर शाहीले आफुले अव आफुले दरवार हत्या काण्डका बिषयमा संसदमा वोल्ने वताएका छन् ।
जुम्लामा पत्रकार भेटघाटका बिषयमा अव दरवार हत्याकाण्डको बिषयमा वोल्ने बताएका हुन् । सांसद शाहीले वरु यसको विषयमा प्रचण्डले अनुसन्धान गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सरकार सत्ता जसको छ, उसैले राजदरवार हत्या काण्डको बिषयमा अनुसन्धान गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले दरवार हत्याकाण्डको बिषयमा संसदमा कसैले नवोले बताउदै अव आफु आवाज उठाउने बताएका छन् ।

उहाँले पत्रकारले तपाई सांसद भएपछि गरेका कामको प्रश्नउत्तरमा आफुले खासै काम नगरेको स्विकार समेत गरेका छन् । उनले आफुले धेरै काम गरे भनेर भन्न सकिदैन भनेका छन् । आफुले जुम्लाका लागि संसदमा राष्ट्रिय स्तरको आवाज उठाएको बताएका छन् ।

पत्रकारहरुले सांसद शाहीलाई लामो समय पछि बढि वोल्ने तर नतिजा खासै छैन नि भनेर एक दर्जन बढि प्रश्न गरेका थिए । पत्रकारले तपाईको विवाहको हल्लाको बिषय, अर्थमन्त्री हुन्छु भनेर ढाट्नुभयो नि ? तपाईको विकास योजना के हो ? राजतन्त्रको समयमा वोल्न पाईदैनथ्यो, आज वोल्न पाईन्छकि ? हिमाली ट्रष्टको नाममा सामान बाड्ने बिषय के हो ? तपाई हिजो पुर्व राजाको तयारीमा आउने आज हिमानी ट्रष्टको सामान वितरण गर्न त आउनु भएन ? लगायतका दर्जनौ प्रश्नहरु सोधेका थिए ।

सांसद शाहीले आफु निर्वाचनमा स्याउ चुनाव चिन्हमा लडेको नभई हलोमा चुनाव लडेको बताएका छन् । पत्रकारले निर्वाचनमा राजतन्त्रको नारा नलगाउने जिति सकेपछि के हो ? भन्ने बिषयमा उनले हलो चुनाव चिन्ह राजतन्त्र भएको प्रतिक्रिया दिएका छन् । सांसद शाहीले सांसदको काम कानून निर्माण गर्ने भएकाले कानून निर्माणमा सहजता गरिहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस्