OnlinePana

आज : २०८१ मंसिर १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १७, २०७९सुर्खेत
३३६ पटक

१६ असार २०७९, शुक्रबार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुक दुई तहको संघीय संरचनामा जानुपर्नेमा जोड दिनुभएको छ ।

राप्रपा नेपाल कर्णाली प्रदेश कार्य समितिद्वारा आज सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष थापाले प्रदेशबाहेक संघ र स्थानीय तहको संरचना मुलुकका लागि हितकर हुने बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न सरकारमा नाम सत्तामा रहने दलहरुले ब्रम्हलुट गरिरहेका छन् । बाहिरिय दबाब र हस्तक्षेप लागु भएको हाम्रो देशको संघीयता निकै बोझिलो बन्दै गएको छ ।”

राप्रपामा लामो समय बसेर त्यसबाट किन अलग्निुभयो र संघीयता स्वीकार्य छ त भन्ने पत्रकारहरुको प्रश्नमा जवाफ दिँदै अध्यक्ष थापाले भन्नुभयो, “विसं.२०६३ सालदेखि १६ वर्षसम्म राजतन्त्रकै मुद्दा लिएर कठिन संघर्ष गरियो । तर राजतन्त्रको पुनःस्थापना हुने देखिएन र हामीले त्यो मुद्दा त्याग्यौं । अब सुशासनको माध्यमबाट हिन्दु राज्यको स्थापना गर्न लोकतन्त्र र हिन्दुराज्यको एजेण्डा अगाडि सारेका छौं ।”

उहाँले दुई तहको संघीयता स्वीकार गरिएको बताउनुभयो । सोही क्रममा अध्यक्ष थापाले धर्म परिवर्तनको महामारीले मुलुक खतरा अवस्थामा पुगेको भन्दै त्यसलाई रोक्न सरकारलाई उचित कदम चाल्न आग्रह गर्नुभयो । सनातन धर्मका नामा समाज रहेका रुढीवादी, परम्पागत गलत संस्कृतिलाई समाप्त पार्न राप्रपा नेपालले देशव्यापी अभियान थाल्ने उहाँको भनाई थियो ।

आर्थिक विप्रेषणबाट पालिएको देशको अवस्था कुनैपनि बेला संकटमा पर्न सक्ने औंल्याउनुभएका उहाँले मुलुकको नीतिगत र संरचनागत सुधार हुनुपर्ने, स्थिर राजनीतिका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिकृया दिनुहोस्