डिल्लीप्रसाद तिवारी
काठमाडौं,२ बैशाख । कर्णालीपनि पछिल्लो समय बैशाख १ गतेलाई नयाँ वर्षको शुरुवाति दिनका रुपमा मनाउन परिचित हुदैछ । देश बन्दाबन्दीमा छ । तैपनि सामाजिक संजालमार्फत धेरै मित्रहरुले शुभकामना सन्देशहरु पठाईरहेका छन्। फेसवुक र म्यासेन्जरका भित्तामा देखिने र लेखिने शुभकामना सन्देशहरुले अपरिचित मानिसलाई परिचितबनाएको छ । परिचितलाई झन् नजिक बनाएको छ । अहिलेका कर्णालीकानयाँ पुूस्ताले पनि नेपालका पूर्वतिरका मानिसले जस्तैगरी नयाँ वर्ष मनाईरहेका छन्।
नेपालभरी मनाईने बिक्रम सम्वत्को नयाँ वर्ष कर्णालीमा तागा संक्राति अर्थात बुहारी तिहारका रुपमा परिचित छ । सुदुरपश्चिममा यो दिनलाई बिसु पर्व भन्ने गरिन्छ । काठमाण्डौं उपत्यकाका नेवार जातिले बिस्केट जात्राका रुपमा यो पर्व मनाउछन् । सभ्यता र संस्कृति सबैका साझा हुन्। समाजलाई मजबुत बनाउन यिनीहरुको अहं भूमिका रहेको हुन्छ । यति हुदाहुदै पनि सिंजा सभ्यताले दिएकाकतिपय संस्कृति र प्रचलन बाहिर पनि प्रसार भएका देखिन्छन्। तर ती अलि फरक ऋतु र फरक तरिकाबाट चलाईएका पाइन्छन्। वा सिंजा सभ्यताले ती बाहिरका चलनहरुलाई स्वीकारेर आफूले चलाएको हो त्यो खोज तथा अनुसन्धानको विषय रहला । उदाहरणका लागि कर्णालीमा परम्परा देखि खेलिदै आएको गि¥या खेल पश्चिमाहरुले गल्फ नाम राखेर खेलिएको देखिन्छ । सिंजा सभ्यताले परम्परा देखि चलाउदै आएको तागा संक्राति नेपालका तराई र भारतमा साउन पूर्णिमामा रक्षाबन्धन वा राखीका रुपमा बिकसित भएको पाईन्छ ।
सिंजामा रक्षाबन्धनमा जनै फेर्ने र बाहुनबाट हातमा रक्षाडोरी बाध्ने चलन छ । तर दक्षिण पूर्वी तराई र भारतमा दिदीबहिनीले दाजुभाईलाई तागा वा राखी बाधिदिने चलनका रुपमा विकसित हुदै गएको छ । यी र यस्ता थुप्रै उदाहरणहरु खोज तथा अनुसन्धानका विषय रहलान्। तर आज विक्रम सम्बतको नयाँ वर्ष कर्णाली र आसपासका जिल्लामा तागा संक्राति वा बुहारीको तिहार कसरी मनाउदै आएका छन् भन्ने कुरालाई यहाँ चर्चा गरिएको छ । नेपालमा विक्रम संवतको शुरुवात नेपालले बिक्रम संम्वतको पात्रो चलाएको छ । अहिले विक्रम संम्वत २०७७ साल शुरु भएको छ । भारतको उज्जैनका चक्रवर्ति सम्राट विक्रामादित्यले भारत वर्षमा विजय प्राप्त गरी चक्रवर्ति सम्राट बनेपछि विक्रम सम्वत् चलाएको भन्ने विश्वास गरिन्छ । ईसाको पहिलो शताब्दीमा नेपालमा अंशुवर्माको शाशन थियो । त्यही समयमा सम्राट विक्रमादित्य नेपाल आएका थिए । त्यसपछि नेपालले पनि विक्रम सम्वत् चलाएको कुरा भारतीय इतिहासकार अनिरुद्ध जोशीले नेपालको राजवंशावलीको नाम दिदै उल्लेख गरेका छन् ।
विक्रम सम्वत् शुरु भएको ५७ वर्ष पछि ईस्वी सम्वत्शुरु भएको मानिन्छ । चन्द्र र सूर्यलाई आधार मानेर विक्रम सम्वत्को नयाँ वर्ष खासमा चैत्र शुक्ल प्रतिपदाबाट भएपनिअप्रिल १२ वा बैशाख १ गतेलाई नयाँ वर्षको रुपमा स्वागत गरिदै आएको छ । जिसस् क्राइस्टको जन्म भएको दिनभन्दा अगाडिको समयलाई ईसापूर्व भनिन्छ । ईसापूर्वलाई सामान्य युगभन्दा अगाडिको समय ( बि.सि.ई. ) र पछिल्लो समयलाई सामान्य युग वा क्राईष्ट ईरा ( एन्नो डोभिनी ए. डी. ) पनि भनेको पाईन्छ । रोमको पात्रोमा ईस्वी सम्वतका १० महिना र ६१ दिन हिउद भनी बिभाजन गरिएको थियो । त्यस बेला मार्च पहिलो महिना र मार्च १ तारिख नयाँबर्ष थियो । पछि भारतको हालको तिलंगना राज्यको गोदावरी नदीको कोटिङ्गला भन्ने ठाँउका राजा विश्वनाथ पछि शालि बाहानले राज्य गरे । सिंजाको नयाँ वर्ष अर्थात् तागा सक्राति आफ्नो पराक्रम र शौर्यताले गुप्तवंशी विक्रमादित्यलाई हराएपछि उनी चक्रवर्ति राजाबने र शतबाहन साम्राज्य चलाए । उनका छोरा सतकर्नीले ईस्वी सम्वत्को ७९ वर्षपछि आफ्नो बुबाको नामबाट साके युगको शुरुवात गरे ।
यसको प्रभाव सिंजा साम्राज्यमा परेको र सिंजा साम्राज्यले पनि साके सम्वत्लाई मान्यता दिएको इतिहासमा पाइन्छ । सिंजा साम्राज्यसँग सम्बधित् गण्डकी भन्दा पश्चिमका सम्पूर्ण शिलालेख तथा पूराना दस्तावेजमा साके सम्वत् नै भेटिने गरेको छ । यस हिसाबले साके सम्वत् विक्रम सम्वत भन्दा एक सय छत्तीस वर्ष कान्छो मानिन्छ । साके सम्वत्मा नयाँ बर्षको पहिलो दिन चैत्र ९ गते अर्थात मार्च २२ तारिखबाट शुरु हुन्छ । त्यसैले होला पुरानो सिंजा साम्राज्यको भूभाग भएका ठाउँमा पहिले नयाँ वर्ष भनेर मनाउने चलन थिएन । सुदुपश्चिम प्रदेशका सेती र महाकालीमा बैशाख १ गतेको दिनलाई बिसु पर्व भनेर धुमधामका साथ मनाउने चलन छ । कर्णालीप्रदेशमा यो दिन तागा संक्रातिका रुपमा परिचित छ । कर्णालीमा बैशाख १ गतेको दिनलाई विवाहित महिलाले पोइल जाने दिनका रुपमालिने चलन छ । बुहारीको सम्मान गरिने पर्व तागा सक्राति तागा सक्राति आउनु भन्दा सातदिन अघिदेखि गाउँका बुहारीहरु तागाका लागि रंगीन जनै डोरीहरु जम्मा गर्न लाग्दछन् । समय मिलाएर आफ्ना पोइली घरका सन्तानका जेठी बुहारी ( कुल बधु ) कहाँ गएर रंगीन डोरीहरुबाट आफ्नो सीपअनुसारका किसिमकिसिमका रंगीन फिताहरु तयार गर्दछन्। यी तागाहरुको विशेष किसिमको बुनाई हुन्छ । र जनैका जस्ता अनन्त सात गाठाहरु कसिएका हुन्छन्। यीतागाहरु दाँयाहातको नाडीमा वाचोलाको घाटी नजिकको तुनामा बाँध्ने चलन छ । नयाँवर्ष वा तागा सक्रातिको दिन सबै विवाहित महिलाले अनिवार्य पोइली घरमाआउनु पर्ने हुन्छ । यदि मगनी मात्रभएको छ भने पोईली घरबाट ससुरा वा सासुले तागा डोरी , एक जोर नयाँ कपडा र कोशेली लिएर केटीको माइतीमाजाने गर्दछन्। नयाँ कपडा र तागा डोरी लगाई दिएर कोशेलीखानदिने चलन छ । पोइलीमा रहेका बुहारीहरु बिहानै उठेर नुहाई धुवाई गर्दछन्। नयाँ कपडा र गरगहना लगाएर सजिन्छन्। यो दिन चामल भिजाएर पिठो कुट्ने चलन छ । चामलको पिठोमा बेसार मिसाएर पहेलो बनाई मह मिसाएर पुवा र लगर जस्ता परिकार बनाईन्छ । घरमा अरु मिठा परिकारहरु पनि बनाइन्छ । घरबाट एक पुरुष मान्छे नुहाई धुवाई गरेर नयाँ कपडा लगाएर लगर र पुवा समाती मार्सी धानको बेर्ना पुज्न जान्छन्।
एउटा सफा लामो ढुङगा बेर्ना राखेको खेतको आलीमा ठड्याइन्छ । बेर्ना राखेको खेतबाट सात पसर पानी बाहिर फाली बसुन्धराको पूजागरिन्छ । त्यो ठड्याएको ढुङ्गाला ईभूमेश्वर मानी पूजा गरिन्छ । पुवा र लगरको टुक्रा चढाएर केही बचाई घर ल्याएर बाँडेर खाने चलनपनि छ । त्यो बेलासम्म साखका सबै बुहारीहरु सजिएर सन्तानकै कुलबधुको घरमागई पूजागर्न थाल्दछन्। गाईको गोबर मिसाएका माटाका तीनओटा दिया तयार गरी क्रमशःगांैत, जल र दुध राखिन्छ । पाती, फूल र दुबो हाली जेठानी र देउरानीले आलोपालो पहिले गौतलाई पातीले, त्यसपछि जललाई फूलले, र पछि दुधलाई दुबोले शरिरमा छर्किन्छिन्। गौतको अभिशेक छर्नेबेलाआयु वृद्धि भाग्य वृद्धि, धर्म सन्तान बृद्धि….. सर्व शुद्धवाल आदिमन्त्रउच्चारण गर्दछन्। जलबाट अभिशेक छर्किने बेलाक्या नुहानी सरस्वती, क्यानहानी भागरथी, क्यानहानी गंगा, जमुना आदिमन्त्र उच्चारण गर्दछन्। त्यसैगरी दुधको अभिशेक छर्ने बेला पनि दुध कुवा नुहाई पबित्र हुवाई….आदि मन्त्र उच्चारण गर्दछन्। पूजा सकेकाले मागल गाउछन्। कुलबधुले देउरानीहरुलाई तागा दायाँ हातको नाडीमा वा चोलीको माथिल्लो तुनामा बाँधिदिन्छिन् र गायत्री मन्त्र उच्चारण गर्ने चलन पनि छ । देउरानीहरुले जेठानीहरुलाई ढोग गरेर पतिहरुको दिर्घायुको कामना गर्दछन्। सबैका घरबाट साथमा ल्याएका कोशेली बाँडेर खान्छन्। घरमा पुरुष र पोइलीहरु हुने भएकाले सबै जना मानिसको चहलपहल कम हुने बारी किनारमा गएर ठट्टा हाँसो मनोरंजन गर्दछन्। देउडा खेल लगाउने र नाच्ने चलनपनि छ ।
सुदुर पश्चिममा देवरले भाउजुहरुलाई सिस्नो चिलाउने चलनपनि छ । कर्णालीमा ठट्टा गरे पनि सिस्नो चिलाउने चलन छैन । बुहारीहरुले लगाएका तागा कार्तिक ६ गते धानका लागि खलो तयार गरिसकेपछि बिसर्जन गर्ने चलन छ । साँझ घर फर्केपछि पनि परिवारका सबैले संगै बसी बनाएका परिकार र खाना खान्छन्। बुहारीहरुको तिहार भएकाले यस तिहारलाई आइमाईले खाने र लोग्नेले हेर्ने पर्व पनि भनिन्छ । आधुनिकता संगै तागा सक्राति पर्व नयाँ बर्ष र ह्याप्पी न्यु इअरको रुपमा बदलिदैछ । जसबाट हाम्रो संस्कृतिमा घरका परिवारका हरेक सदस्यको बर्षमा बिशेष तरीकाले पूजिने दिनमध्येको एक प्रमुख सदस्य घरकी बुहारीको सम्मान र पूजा हुने दिन हराएर जाने खतरा बढ्दै गएको छ । लेखक सिंजाका स्थानीय शिक्षक हुनुहुन्छ।