OnlinePana

आज : २०८२ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र ७, २०७८
६२९ पटक

७ चैत २०७८, सोमबार

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले पाँच विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख परियारले प्रमाणीकरण गरेका पाँचवटै विधेयक अब ऐनमा बनेका छन् ।

उहाँले आइतबार ‘प्रदेश स्वास्थ्य सेवा प्रवाह सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’, ‘कर्णाली प्रदेश व्यापार व्यवसायको दर्ता तथा सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’, ‘प्रदेश औद्योगिक व्यवसायका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’, प्रमाणीकरण गर्नुभएकाे हाे। त्यस्तै, ‘कर्णाली प्रदेशभित्रको राष्ट्रिय वन संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक’ र ‘प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पनि प्रदेश प्रमुख परियारले प्रमाणीकरण गर्नुभएको छ ।

नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख परियारबाट एकैदिन प्रमाणीकरण भएको कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतका निमित्त सचिव भीमराज थानीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्