OnlinePana

आज : २०८३ बैशाख ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन १८, २०७८
८७० पटक

१८ फागुन २०७८, बुधबार

नेपाल सरकारले फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । मन्त्रालयका अनुसार गत १६ गते बसेको मन्त्रिपरिषद्‍ बैठकबाट बिदा दिइने निर्णय गरिएको थियो ।

गृह मन्त्रालयको आज जारी सूचनामा भनिएको छ, विसं. २०७८ फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ(संस्थाहरुमा सार्वजनिक बिदा दिन नेपाल सरकारको मन्त्रिपरिषद्को यही फागुन १६ गते निर्णय गरिएको हो । ग्याल्पो ल्होसार शेर्पा समुदाय तथा बौद्ध धर्मावलम्वीहरूको प्रमुख चाडमध्ये एक मानिन्छ ।

प्रतिकृया दिनुहोस्