OnlinePana

आज : २०८३ बैशाख ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ २४, २०७८
१३५७ पटक

२४ माघ २०७८, सोमबार

कर्णाली प्रदेशसभा सदस्य एवं पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले गैरसरकारी विधेयक ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ प्रदेशसभासमक्ष टेबुल गर्नुभएको छ ।

सभामुख राजबहादुर शाहीले सोमबार विधेयक सभामा टेबुल गर्न समय दिएसँगै प्रदेशसभा सदस्य भण्डारीले विधेयक टेबुल गर्नुभएको हो । उक्त गैरसरकारी विधेयक गत असोज १० गते कर्णाली प्रदेशसभा सचिवालयमा दर्ता गर्नुभएको थियो । संघीयता कार्यान्वयनको इतिहासमा सिंजा सभ्यतासँग सम्बन्धित गैरसरकारी विधेयक प्रदेशसभामा टेबुल भएको भने यो मुलुकमै पहिलो पटक हो ।

नेपालको मूल सभ्यता सिंजा सभ्यताको उद्गमस्थल जुम्ला जिल्लास्थित सिंंजा क्षेत्र र सभ्यतासँग सम्बन्धित कर्णाली प्रदेशका अन्य भूभागको साँस्कृतिक, ऐतिहासिक, सामाजिक, पुरातात्विक, धार्मिक एवम् भाषिक पर्यटनको संरक्षण एवं प्रवद्र्धन गरी यहाँका नागरिकहरुको आर्थिक समृद्धि र खुशी हाँसिल गर्ने उद्देश्यले पहिलो पटक प्रदेशसभामा गैरसरकारी विधेयक टेबुल गरिएको प्रदेशसभा सदस्य भण्डारीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्