OnlinePana

आज : २०८३ जेठ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही जुम्ला,माघ २३, २०७८जुम्ला,
८८३ पटक

माघ २३ गते, कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न स्थानमा हिउँमा फसेका ५५ जनालाई उद्धार गर्न हेलिकोप्टर पठाएको छ । माघ २० गतेदिखि परेको भारी हिमपात हुँदा उनीहरु त्यहाँ फसेका छन ।

नन्द वक्स गण जुम्लका गणपति रविन थापाका अनुसार “भोकबाट बचाउन तत्काल उनीहरुलाई खानेकुरा खसाल्ने गरी सानो हेलिकोप्टर सुर्खेतबाट उडेको छ । उहाँले सानो हेलिकोप्टरले स्थान पत्ता लगाएर फेरी उद्धारका लागि अर्को हेलिकोप्टर पठाएको हो ।

कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयका निमित्त सचिव निधिराज न्यौपानेले त्यहाको अवस्थिति थाहा पाउनका लागि तातोपानी गाउँपालिका ८ जुम्ला टोप्ला गाउँका स्थानीय सुरतबहादुर शाहीसहित चिउरा, दालमोठ, चाउचाउ जस्ता खानेकुरा लिएर त्यस स्थानतिर जानु भएको जानकारी दिनुभयो ।

स्थानीय सुरतबहादुर शाहीका अनुसार तातोपानी गाउँपालिका ८ जुम्लाको टोप्ला गाउँबाट एक दिनको दूरीमा रहेको गाग्रा पाटनको गाग्रा, एडिओडार, खोटीसल्ला र ध्वनि ठाउँमा गरी ५५ जना हिउँमा फसेको बताउनुभयो । उनीहरु सेतक चिनी ९खिरौंला० कोर्न पाटन गएका थिए ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले स्थानीय तातोपानी गाउँपालिका र प्रदेश सरकारसँग समन्वय गरेर हिउँ फसेका व्यक्तिहरुको उद्धार कार्यको तयारी भइरहेको बताउनुभयो । तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले हिउँमा फसेका मानिसका लागि तत्काल खाद्यान्न र चिसोबाट बचाउने साम्रगी जुगाड गरिएको तर हेलिकोप्टर विना खाद्य साग्रगी त्यहाँ पुर्याउन असंभव भएको जनाउनुभयो ।


हिउँको चिसोले त्यस क्षेत्रमा तातोपानी ८ निवासी देवी शाही र तातोपानी ७ बाह्रगाउँका मुनबहादुर रावतको कठ्याङ्ग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।
क्याप्सन ः सुर्खेतबाट जुम्ला उड्ने क्रममा हेलिकोप्टर तस्बिर सुरतबहादुर शाही

 

 

प्रतिकृया दिनुहोस्