OnlinePana

आज : २०८३ जेठ १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर २८, २०७८काठमाडौं
७०९ पटक

२८ मंसिर २०७८, मंगलबार

नेपाली कांग्रेसमा सभापतिका उम्मेदवार कसैले बहुमत नपाएपछि सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । निर्वाचन समितिले दोस्रो चरणको मतदान आजै गर्ने तयारी गरेको छ ।

मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि बुहमत ल्याउन नसक्दा दोस्रो चरणमा मतदान गर्नु परेको हो । कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन बहुमत ल्याउनुपर्छ ।

निर्वाचनमा चार हजार ६७९ मत खसेको थियो । खसेको मतमा निर्वाचित हुने उम्मेदवारले दुई हजार ३४० मत चाहिन्थ्यो । सभापतिका उम्मेदवार देउवाले अरु भन्दा दुई हजार २५८ मत मात्र प्राप्त गरेपनि सभापति निर्वाचित हुन ८२ मत पुगेन ।

दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने देउवा र दोस्रो हुने डा.शेखर कोइरालाबीच अब प्रतिस्पर्धा हुनेछ । डा.कोइरालाले एक हजार ७४९ मत ल्याउनुभएको थियो ।
प्रकाशमान सिंह श्रेष्ठ, विमलेन्द्र निधि र कल्याण गुरुङ भने प्रतिस्पर्धाबाट सोझै बाहिरिएका छन् ।

प्रतिकृया दिनुहोस्