OnlinePana

आज : २०८३ जेठ १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन २४, २०७८सुर्खेत
८७० पटक

२२ असोज २०७८, आईतबार

सुर्खेत पश्चिम चौकुने गाउँपालिका १० स्थित कर्णाली नदीमा डुंगा दुर्घटना भएको छ । डुंगा आज बिहान ८ः०० बजे दुर्घटना भएको हो । उक्त डुंगामा छ जना सवार रहेको थिए । त्यस मध्य १८ वर्षीय युवती बेपत्ता भएको चौकुने गाउँपालिका १० का वडा अध्यक्ष शंकरबहादुर कामीले जानकारी दिनुभयो ।

सुर्खेतको चौकुने गाउँपालिका १० र कैलालीको मोहन्याल गाउँपालिका ३ को बीच भागमा डुंगा पल्टिएको उहाँले बताउनुभयो ।
बेपत्ता युवती चौकुने गाउँपालिका १० निवासी हुन् ।

घरको लागि कमेरो र माटो ल्याउन मोहन्याल गाउँपालिका जान लागेकी विक नदीमा खसेर बेपत्ता भएको तर डुंगामा सवार अन्य ५ जना सकुशल रहेको जनाईको छ । युवतीको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय बाबियाचौरले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्