OnlinePana

आज : २०८३ जेठ २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ७, २०७८सुर्खेत
१२१९ पटक

७ भाद्र २०७८, सोमबार

पत्रकारले समाचार लेखेको भरमा ज्यान मार्ने धम्की दिएको प्रति नेपाल पत्रकार महासंघ केन्द्र र जिल्ला शाखा सुर्खेतले ले आपत्ति प्रकट गरेका छन् । कर्णालीका कृषि मन्त्री कुर्मराज शाही विरुद्ध बलात्कारको आरोप लागेको समाचार लेखेकै भरमा पत्रकारलाई फोन र सामाजिक सञ्जालमा धम्की दिएको घटनाप्रति महासंघले अपत्ति जनाउँदै गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।

मन्त्री शाहीका प्रेस सल्लाहकार नन्दकृष्ण अधिकारीले सामाजिक सञ्जालबाटै पत्रकारलाई मार्ने धम्की दिएका थिए । नेपाल पत्रकार महासंघ काठमाडौं र शाखा सुर्खेतले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै यस्ता घटनाप्रति भत्र्सना गरेको हो ।

प्रकाशित समाचारमा चित्त नबुझे कानूनी बाटो अवलम्बन सकिने हुँदाहुँदै ज्यानै मार्ने धम्की दिनु गलत भएको महासंघ केन्द्रका महासचिव रोशन पुरी र शाखा सुर्खेतका सचिव ललितबहादुर बुढाद्वारा हस्ताक्षर विज्ञप्तिमा उल्लेख गरिएको छ । मन्त्रीका प्रेस सल्लाहकार अधिकारीले अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत कालिकोट संवाददाता विस्नु न्यौपाने र नागरिक दैनिकका कर्णाली प्रदेश ब्यूरो प्रमुख नगेन्द्र उपाध्यायलाई ज्यान मार्ने धम्की दिएका थिए ।

यद्यपि मन्त्रीका प्रेस सल्लाहकार अधिकारीले आजै मन्त्रीको दुई वर्ष अघि भएको घटना हो भनेर आफैले फोनमा बोलिविस्तार गरी पुनः आफैले पत्रकारलाई कलमको टुपोले नभई खुकुरीको टुप्पोले शरीर खोलामा टाउको झोलामा भन्ने स्ट्याटस सामाजिक सञ्जाल फेसबुकमा लेखी पछि हटाईसकेका छन् ।

प्रतिकृया दिनुहोस्