OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ४, २०७६सुर्खेत
५२५ पटक

सुर्खेत, ३ माघ ः राष्ट्रिय दलित पत्रकार संघ कर्णाली प्रदेशको अध्यक्षमा दैलेख जिल्ला निवासी खगेन्द्र सुनार सर्वसम्मत चयन हुनुभएको छ ।
राष्ट्रिय दलित पत्रकार संघ कर्णाली प्रदेशको शुक्रबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भएको प्रदेशस्तरीय भेलाले अध्यक्ष सुनार नेतृत्वको १३ सदस्यीय प्रदेश कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा सल्यान निवासी भीमबहादुर परियार, महिला उपाध्यक्षमा जाजरकोट निवासी टिका विक र सचिवमा जुम्ला निवासी नौरते नेपाली चयन हुनुभएको हो ।
त्यसैगरी, सहसचिवमा दैलेखका हिक्मत नेपाली, कोषाध्यक्षमा कालीकोटका अनिता परियार परियार चयन हुनुभएको छ । सदस्यहरुमा वसन्त बागचन (मुगु), पवित्रा भियाल (हुम्ला) मनबहादुर सार्की (डोल्पा), सुभाकर विश्वकर्मा (जुम्ला), कर्ण विश्वकर्मा (कालीकोट), कालीबहादुर नेपाली (जाजरकोट) र प्रतिमा परियार (सुर्खेत) चयन हुनुभएको संघका सचिव नौरते नेपालीले जानकारी दिनुभयो ।
संघको सल्लाहकार समितिमा ललित बसेल, गणेश विशु, मदन विक, बसन्त विक चयन हुनुभएको छ । नवगठित प्रदेश कार्यसमितिले राज्यको पहुँचबाट पछाडि र पिंधमा परेका दलित समुदायहरुका मुद्दाहरु मिडियाको मुल प्रवाहमा ल्याउने, योगदानको दस्तावेजिकरण गर्दै दलित पत्रकारहरुको क्षमता अभिवृद्धिमा जोडदिने बताएको छ । उक्त भेलामा कर्णाली प्रदेशका १० जिल्लाका प्रतिनिधि, पर्यवेक्षक र सहभागीसहित १३० जनाको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्