OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही साउन ३२, २०७८जुम्ला,
७१६ पटक

२०७८ साउन ३२ गते,

खलंगा साउन ३२ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पश्चिम नेपालकै चिकित्सा क्षेत्रका विभिन्न विधामा पाठ्यक्रम बनाउदै आएको छ ।

प्रतिष्ठानले पछिल्लो समय स्नातकोत्तर नर्सिङ तहको पाठ्यक्रम निर्माणका लागि जुम्लामा शुरु गरेको छ । स्नातकोत्तर तहको पाठ्यक्रम बनाउन जुम्लामा एक दर्जन बढि चिकित्सा क्षेत्रका प्रध्यापकहरु, सहप्रध्यापकहरु र कर्णाली प्रतिष्ठानका विभिन्न विभागका प्रमुखहरु सहितका विज्ञहरु जुटेका हुन् । प्रतिष्ठानले नर्सिङ तहको उच्च स्तरको कक्षा सञ्चालन तथा पश्चिम नेपालमै पाठ्यक्रम फिजाउन जुम्लामा केन्द्रीत भएर पाठ्यक्रम बनाउन शुरु गरेको छ ।
जुम्लामा एक औपचारिक कार्यक्रम गरेर प्रतिष्ठानले मास्टर्स अफ नर्सिङ तहको पाठ्क्रम बनाउन अन्तिम रुप दिईएको जानकारी गरिएको छ ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर निरेश थापाले यस पटक स्नाकोत्तर नर्सिङ तहको पाठ्यक्रम बनाउन शुरु गरिएकोमा कर्णालीको चिकित्सा क्षेत्रमा अर्को माईलस्टोन शुरु भएको बताउनुभयो । उहाँले प्रतिष्ठानले आफै एमविविएस, वि फार्मा, विएनएस, विएमएस, विपिएच, एमडिएमस, एमएससि ईपिडिमियोलोजी, ब्याचलर न्यूट्रेसन सहितका पाठ्यक्रम सहितका विभिन्न पाठ्यक्रमहरु यस अघि बनाई सकिएको र अव स्नाकोत्तर नर्सिङ तहको पाठ्यक्रम बनाउन थालिएको जानकारी दिनुभयो । उहाँले जुम्लामा बनाएको पाठ्यक्रमले चिकित्सा क्षेत्रमा पश्चिम नेपालमै लागु हुने र स्तरीय हुने अपेक्षा गरिएको बताउनुभयो । जुम्लामा बनेको पाठ्यक्रम भने केही भूगोल केन्द्रीत समेटन सकिनेमा उहाँको जोड रहेको छ । प्रतिष्ठानले जुम्लामा गत बर्ष विएनएस तहको पाठ्यक्रम समेत बनाएको थियो ।

प्रतिष्ठानका नर्सिङ डीन सहायक प्रध्यापक डाक्टर सरस्वति गौतमले नर्सिङ पेशा जति माथी गएपनि स्यार सुसार र विरामीको सुरक्षामा जोड दिन अध्ययन हुने बताउनुभयो । उहाँले जुम्लामा आफ्नै हातबाट पाठ्यक्रम बनाउन पाउदा खुशी व्यक्त गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो व्याज प्रविणता प्रमाणपत्रबाटै शिक्षा शुरु गरिएको बताउनुभयो ।

जुम्लाको होटल कान्जिरोवामा शुरु भएको दुईदिने पाठ्यक्रम विकास कार्यशालमा नर्सिङ डीन गौतमले हामीले केही दिनमा नर्सिङ उच्च तहको पाठ्यक्रम अन्तिम रुप दिने जानकारी गर्दै यो पनि प्रतिष्ठानको कोसेढुंगाको पानमा दस्तावेजीकरण हुने बताउनुभयो ।

सहायक प्रध्यापक डाक्टर सर्मिला जोशीले प्रतिष्ठान र विज्ञहरुले तयार पारेको मस्यौदा प्रस्तुत गर्नुभएको थियो । उहाँले दुई बर्षको उक्त पाठ्यक्रम बढि भन्दा बढि व्यवहारिक नैतिक शिक्षा दिने बताउनुभयो ।
जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले पाठयक्रमको मस्यौदामा सूझाव दिदै कुनै वेला डाक्टर नपाउने जुम्लाले अहिले डाक्टरहरुकै भेलाले जुम्लामै पाठ्यक्रम तयार हुनु कर्णालीका लागि खुशी भएको भन्दै कर्णाली प्रतिष्ठानको काममा केही पारदर्शितामा जोड दिनुपर्ने सुझाव दिनुुभयो ।

पाठ्यक्रमको मस्यौदामाथी विभिन्न विज्ञहरुले सुझाव दिएका छन् । स्वास्थ्य तथा जनसंख्या बरिष्ठ अस्पताल नर्सिड प्रशासक सकुन्तला गौतम, कर्णाली प्रतिष्ठानका जनस्वास्थ्य क्षेत्रका डीन मुनीराज क्षेत्री लगायतका बिज्ञहरुले मस्यौदामा सूझाव दिनु भएको छ ।

प्रतिकृया दिनुहोस्