OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ३०, २०७८सुर्खेत
६३१ पटक

३० साउन २०७८, शनिबार

नेकपा एमाले माधव नेपाल समूहका कर्णाली प्रदेश संयोजक प्रकाश ज्वालाले केपी शर्मा ओलीकै कारण नेकपा एमाले संकटमा परेको आरोप लगाउनुभयो । कम्युनिष्टको नाममा व्यवस्थालाई आघात गर्ने गरी गरेको कामले पार्टीले संकट व्यहोर्नु परेको बताउनुभयो ।

आज वीरेन्द्रनगरमा नेकपा एमालेको युवा संघ नेपाल कर्णाली प्रदेश कमिटी तथा पिपुल्स भोलिन्टियर (पिभि) घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ज्वालाले ओलीले उहाँले लामो समयको संघर्षपश्चात राजतन्त्रलाई ढालेर ल्याएको लोकतान्त्रिक व्यवस्थालाई ओलीले कुल्चन खोजेको दोषारोपण गर्नुभयो । कम्युनिष्टको नाममा ओलीले मनोमानी गरेको टिप्पण गर्दै उहाँले भन्नुभयो, ‘हामीले लडेर ल्याएको गणतन्त्र बहुआयामिक छ । अपितु, जनप्रतिनिधिमूलक संस्थामाथि केपी ओली र राजा ज्ञानेन्द्रले गरेको प्रतिगमनमा केही फरक छैन ।’

‘राजाले गरेको प्रतिगमन कुरुप हुने तर कम्युनिष्टको नाममा ओलीले गरेको प्रतिगमन सुन्दर र लोकतान्त्रिक हुने कुरा हुँदैन । जनतामाथि लादिएको शासन व्यवस्थाबाट जसरी राजा ज्ञानेन्द्रलाई नारायणहिटीबाट नागार्जुन पुर्याइयो, त्यसरी नै केपी ओलीको प्रतिगमन बालुवाटारबाट ढालेर बालकोटको बार्दलीमा पुर्याइएको छ ।’

कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक मामिलामन्त्री समेत भईसक्नुभएका नेता ज्वालाले ओलीको प्रतिगमनलाई पराजित गर्न युवाहरुको अहम् भूमिका रहेकोमा जोड दिनुभयो । ‘दुई दुई पटक प्रतिगमनमाथि विजय गरेर लोकतन्त्रलाई बचाएका छौँ, उहाँले भन्नुभयो, ओलीको प्रतिगमनको अन्त्य माधव नेपालकै अगुवाइमा भएको हो ।

पार्टीको पोलिटब्युरो सदस्य समेत रहेका नेता ज्वालाले केपी ओलीलाई भारतले एउटा पात्रको रुपमा प्रयोग गरिरहेको आरोप समेत लगाउनुभयो । ‘ओलीको सोच लोकतन्त्रको पक्षमा थिएन भन्ने कुरा उतिबेला नै आन्दोलनको क्रममै पुष्टि भइसकेको बताउँदै उहाँले राजतन्त्रको विरुद्धमा सडकमा कार्यकर्ता लडिरहेका बेला बालकोटको छतबाट काजू खाँदै ओलीको अभिव्यक्ति थियोः ‘बयलगाडा चढेर अमेरिका जान सकिँदैन’ राजतन्त्र फाल्न असम्भव छ ।’ यद्यपि ठूलो संघर्ष गरेर आफूले तत्कालीन समयमा प्रतिगमन परास्त गरी मुलुकमा लोकतन्त्रको बहाली गरिएको उहाँको जिकिर थियो । उक्त घोषित कार्यक्रमसँगै युवा संघ नेपाल कर्णाली प्रदेशले कर्णाली प्रदेश अस्पताल सुर्खेतमा रहेका कोरोनाका बिरामीलाई फलफुल वितरण गरेको थियो ।

 

प्रतिकृया दिनुहोस्