OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १०, २०७६सुर्खेत
७०३ पटक

सुर्खेत, १० पुस ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शिक्षाध्यक्ष (रेक्टर)मा प्रतिष्ठानका स.प्राडा.निरेश थापा नियुक्त हुनुभएको छ ।
प्रतिष्ठानका सहकुलपति स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णयबाट आज स.प्राडा.थापालाई शिक्षाध्यक्षमा नियुक्त गर्नुभएको हो । प्रतिष्ठानका उपकुलपति प्रा.डा.राजेन्द्रराज वाग्लेले गत मंसिर ३० गते शिक्षाध्यक्ष नियुक्तिका लागि स.प्राडा.थापा प्रा.डा.भरतमणि पोखरेल र प्रा.डा.बद्री बडुलाई सहकुलपतिसमक्ष सिफारिश गर्नुभएको थियो ।
निवर्तमान शिक्षाध्यक्ष डा.धर्मराज श्रेष्ठको कार्यावधि जेठ २५ गते सकिएपछि सात महीनादेखि प्रतिष्ठान शिक्षाध्यक्षविहिन थियो । अब भने सहकुलपति ढकालले स.प्राडा.थापालाई चार वर्षीय कार्यकालसहितको शिक्षाध्यक्षको जिम्मेवारी प्रदान गर्नुभएको प्रतिष्ठानका उपकुलपति प्राडा.राजेन्द्रराज वाग्लेले जानकारी दिनुभयो ।
उपकुलपति प्राडा.वाग्लेले एकसाता अघि प्रतिष्ठानको कार्य परिषद्ले अस्पताल निर्देशकमा प्रतिष्ठानमा कार्यरत हाडजोर्नी विशेषज्ञ डा.मंगल रावललाई जिम्मेवारी दिईएको बताउनुभयो । “यतिबेला प्रतिष्ठानमै कार्यरत उर्जाशील जनशक्तिलाई जिम्मेवारी दिईएको छ,” उहाँले भन्नुभयो, “आशा गरौ, अब प्रतिष्ठानको शैक्षिक, प्राज्ञिक तथा प्रशासनिक गतिविधि सञ्चालनमा सहजता आउनेछ ।”
को हुन् डा.थापा ?
सैनामैना ६ रुपन्देही निवासी ४० वर्षीय डा.निरेश थापा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका एशोसियट प्रोफेसर हुनुहुन्छ । उहाँले सन् (२०१५–२०१९) चीनको उहान विश्वविद्यालयबाट गाईनोकोलोजी, अन्कोलोजीमा विद्यावारिधि गर्नुभएको छ ।
क्रिश्चियन मेडिकल कलेज भिल्लोर भारतबाट सन् २०१२–२०१४ डिस्ट्यान्स फेलोसिप इन डाइबेटिज म्यानेजमेन्ट, सन् २००९–०१२ मा त्रिभुवन विश्वविद्यालयबाट एमडीजिपी र चीनकै उहान ९ध्गजबल० विश्वविद्यालयबाट सन् २०००–२००६ मा उहाँले एमबिबिएस गर्नुभएको थियो । विसं.२०७१÷०७२ सालदेखि डा.थापा प्रतिष्ठानमा कार्यरत हुनुहुन्छ ।
उहाँका राष्ट्रिय तथा अन्तराष्ट्रियगरी १५ जर्नलमा विभिन्न अध्ययन तथा अनुसन्धान सम्बन्धी लेख प्रकाशित भएका छन् । कोरियाबाट सञ्चालित जर्नल अफ गाईनाकोलोजीक अनकोलोजी जर्नलमा प्रकाशित डा.थापाको लेख अनुसार जुम्लामा एक सय महिलामा ३–४ जनालाई पाठेघरको मुखको क्यान्सरको जोखिम हुने देखिन्छ ।
यस्तै अन्तराष्ट्रियस्तरको विएमसि ईन्फेक्सियस डिजिज जर्नलमा प्रकाशित उहाँको लेख अनुसार पाठेघरको मुखको क्यान्सर गराउने एचपिभि भाईरस जुम्लाको महिलामा देशको अन्य ठाउँभन्दा बढी हुने गरेको देखिन्छ । अत्यन्तै महंगो मानिने एचपिभि जाँच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनुसन्धानको क्रममा सम्भव गरिएको उहाँ बताउनुहुन्छ । अन्तराष्ट्रियस्तरको नेचर जस्ता जर्नलमा १३ भन्दा बढी लेख प्रकाशित भईसकेका छन् ।
कर्णालीमा बसेर सेवा गरेवापत ‘स्वास्थ्य दर्पण हेल्थ अवार्ड २०७५’ बाट उहाँ पुरस्कृतसमेत हुनुभएको छ । पाठेघरको मुखको क्यासर विषयमा चीनको प्रसिद्ध उहान विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको डा.थापाले अमेरिककाको हार्वर्ड विश्वविद्यालयबाट अनुसन्धानसम्बन्धी विशेष तालिमहरु लिईसक्नु भएको छ ।

प्रतिकृया दिनुहोस्