OnlinePana

आज : २०८० चैत्र ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,आषाढ २६, २०७८जुम्ला,
१४८५ पटक

खलंगा असार २६ गते,

बहुप्रतिक्षाको घडिको रुपमा रहेको राष्ट्रिय प्रशारणलाईन जुम्ला पुग्ने आशाले जुम्लेली जनता अहिले निकै हर्षित देखिन्छन् । जुम्लाको सदरमुकाम खलंगा बत्ति अभावले धेरै पछि धकेलिएको अवस्थामा अव भने ३,४ दिनमा ११ केभी विधुतको लाईन जोडिने तयारी थालिएको छ ।

बि.सं २०४० सालमा तत्कालिन मन्त्री हरिश्चन्द्र महतको प्रयासमा २४० किलोवाटको घुघिुत्तिमा रहेको विधुतले अहिले सम्म काम चलाउ भईरहेको अवस्थामा अव विधुत नियमित हुने आशा पलाएको छ ।
नेपाल विधुत प्राधिकरण जुम्ला वितरण शाखा जुम्लामा लाईन वितरण गर्ने काममा अनवरत रुपमा लागि रहेको छ । प्राधिकरणले आज २६ गते जुम्ला खलंगा बजार देखी नाग्म साईडका पोल तथा तारहरुमा परीक्षण गरिएको प्रमुख गौरव पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार जुम्ला बजार देखी लाईन परीक्षण गर्दै चन्दननाथ नगरपालिकाको वडा नम्बर ९ श्रीढुस्कामा पुगेका छौ । अव २,३ दिनमा नाग्म सम्म परीक्षण सकेपछि लाईन जोडन प्रयास गर्ने बताउनुभयो ।

जुम्लाको सिमा कालिकोटमा राष्ट्रिय लाईन आएपछि त्यसैभित्रको ११ केभी अहिले जुम्ला सदरमुकाम ल्याउने तयारी गरिएको छ । यसैगरी दैलेख क्षेत्रबाट आउने ३३ केभीको लाईनको पनि काम भईरहेको बताईएको छ ।

नेपाल विधुत प्राधिकरणल परीक्षणको समयमा भने सो क्षेत्रमा खतरा हुने भएकाले पोल नछुन तथा नजिक नजान समेत सूचना जारी गरिएको छ ।

सचेत हुन आग्रह :
नेपाल विधुत प्राधिकरणले एक सूचना जारी गरेर परीक्षणको क्रममा सचेत रहन नागरिकलाई अनुरोध गरेको छ । जुम्ला वितरण केन्द्रले असार २६ गतेबाट मिचा, उमगाड, लाम्रा, धौलापानी,बाबिरा, तातोपानी, लिताकोट कुडारी राँका, त्रिवेणी नाग्मगाड सम्म निर्माण गरिएका संरचनामा विधुत प्रवाह गरि परीक्षण गरिने कार्यक्रम तय भएकाले विधुत संरचनाको नजिक नजान हुन, पोल तथा स्टेसेट नछाईदिन हुन अनुरोध गरिएको छ । यसका साथै त्ययो समयमा कोही कसैले विधुतीय संरचनामा क्षेति, टुटफुट र पडकिएको दैख्नु भएमा जानकारी गर्न समेत भनिएको छ ।

प्रतिकृया दिनुहोस्