OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटीआषाढ २५, २०७८जुम्ला,
३९१ पटक

खलंगा असार २५ गते ।

कनकासुन्दरी गाउँपालिका अध्यक्ष नरविर रावतले आफुलाई ८० लाख भ्रष्ट्रचार आरोप लगाईएको बिषय गलत भएको बताउनु भएको छ ।

उहाँले गाउँपालिकाको केन्द्रको बिषयमा भएको घटना पछि एउटा अनलाईनमा लेखेको समाचार आरोप लगाईएको बताउनु भयो । समाचार आएपछि आफु जिल्लामा न्याय माग्न आएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उहाँले पत्रकार भेटघाट गर्नुभएको छ । पत्रकार भेटघाटमा उहाँले आफ्नो राजनितिक जीवन सिध्याउन समाचार आएको हुदा सच्याउन अनुरोध गर्दै त्यसो नभएर कानूनी प्रक्रियामा अगाडि बढ्ने बताउनुभयो ।

गाउँपालिका केन्द्रको टुंगो लगाउन गाउँपालिकाले जग्गाको लागि सूचना आवह्रान गरेको थियो । सोही अनुसार एक कार्यदल बनाईएको र कार्यपालिकाले सो निर्णय गर्न गाउँसभामा लैजाने भनेपछि वडा नम्बर ५ का स्थानीयले ढुंगामुडा गरेका थिए । तर पछिल्लो दिन आफ्नो नाममा तथानाम र भ्रमपूर्ण समाचारहरु आएपछि आफ्नो घोर आपत्ति भएको अध्यक्ष रावलले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले कनकासुन्दरी गाउँपालिकाको केन्द्रको बिषयमा सामाधान गर्न आवश्यक सहजीकरण गर्ने बताउनुभयो ।

 

 

प्रतिकृया दिनुहोस्