OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २५, २०७८जुम्ला,
५१९ पटक

खलंगा असार २५ गते । जुम्लामा वडाध्यक्षले जातीय विभेद गरेको भन्दै जाहेरी दर्ता भएको छ । जुम्ला सिञ्जा गाउँपालिका वडानम्बर ६ का वडाध्यक्ष कालिबहादुर बुढाले जातीय विभेद बिषयको गालि गलौज गरेको भन्दै पिडित पक्षले जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दर्ता गराएका छन् ।

उहाँले स्थानीय विवेन्द्र नेपालीलाई गालि गलौज गरेर जातीय विभेद गर्नुभएको भन्दै दलित अधिकारकर्मीहरुले कानूनी कारवाही हुनुपर्ने माग गरेका छन् । उनिहरुले प्रहरीले जाहेरी समेत लिन ढिलाई गरेको बताउदै आक्रोसित भएका हुन् ।

नेपाल पत्रकार महासंघका सहसचिव सागर परियारले यथष्ट प्रमाण हुदा हुदै पनि प्रहरीले जाहेरी अगाडि नवढाउन ढिलाई गर्नु दुर्भाग्य भएको बताउनुभयो । उहाँले जुम्लाका दलित सवालका अधिकारकर्मीहरुले प्रहरीमा जाहेरी दर्ता गराउने दवाव अभियान शुरु भएको बताउनुभयो । उहाँले देशव्यापी रहेका दलितहरुले कानूनी कारवाहीका लागि अभिायन शुरु हुने बताउनु भएको छ । दलित अधिकारकर्मीहरुले सामाजिक सञ्जाल मार्फत जाहेरी लिन ढिलाई भएको बताएका छन् । जाहेरी दर्ता बुढाका छोराका वुढा नविन बुढाको नाममा पनि भएको प्रहरीले जनाएको छ ।

यता वडाध्यक्ष बुढाले भने आफुले कुनै प्रकारको शब्दहरु नभनेको भन्दै छोरा सँग सामान्य झगडा भएको बिषय भएको र मिडियाले एकतर्फी प्रचार गरेको बताएका छन् । उनले सामान्य झगडाको बिषय १० गते गाउँपालिकामा मेलमिलाप भईसकेको थियो ।

जाहेरीको बिषयमा लिन मानेन भन्ने बिषयमा प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले घटनाको अनुसन्धान भईरहेको र यो बिषयमा प्रहरी धेरै बढि संवेदनशिल भएको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यूवन चौधरीले पिडित यूवाको जाहेरी दर्ता भएको जानकारी दिनुभयो । वडाध्यक्ष बुढाले अशभ्य शब्द प्रयोग गरेको भन्दै पिडित नेपालीले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउन मुद्धा गरिएको बताउनु भएको छ । उहाँले आफु न्याय माग्न सदरमुकाम आएपनि ढिलाई भएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्