OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पुर्ण चाैलागाई आषाढ २४, २०७८जुम्ला
१०५३ पटक

खलंगा असार २४ गते ।

जुम्लामा दोस्रो पटक महिला प्रजिअ आउनु भएको छ । भक्तपुर निवासी बिजया प्रसाई जुम्लाको प्रजिअको रुपमा पदभार ग्रहण गर्नु भएको हो ।
प्रजिअ प्रसाईले पत्रकार भेटघाट गरि आफु सोमवार जुम्लामा हाजिर भएको जानकारी दिनुभयो । उहाँले जिल्लामा काम गर्न पत्रकारहरुबाट आवश्यक सल्लाह र सुझाव समेत लिनुभएको छ ।
यस अघिका प्रजिअ भुपेन्द्र थापा सरुवा भएपछि जुम्लाको प्रजिअको रुपमा प्रसाई आउनु भएको हो । उहाँले शान्ति सुरक्षा सहित जिल्लाको विकास सवालमा जोड दिने बताउनु भएको छ । प्रमुख जिल्ला अधिकारी प्रसाईले नागरिकले जव सम्म प्रश्न गर्न सक्ने भएपछि विकास हुने भन्दै धेरै सुझाव र जिज्ञासा आवश्यक भएको बताउनुभयो ।

उहाँले प्रमुख जिल्ला अधिकारीको काम नागरिकता वितरण गर्ने भएकाले समाचारमा पत्रकारहरुले जोड दिन नहुने वरु नागरिकता नपाएकाहरुको बिषयमा समाचार बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारी कर्मचारीको कामनै सेवा गर्ने भएकाले आधारभुत र नियमित कुरामा समाचार आवश्यक नभएको जोड दिनुभयो ।

जिल्लाका गतिविधिमा पत्रकारहरुले नयाँ प्रजिअ प्रसाईलाई सूझाब दिएका छन् । जिल्लामा सूचना अधिकारीलाई थप क्रियाशिल बनाईनुपर्ने सहितका सूझावहरु पत्रकारहरु दिएका हुन् । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले सूचना अधिकारीहरुलाई शशक्त बनाईनुपर्नेमा जोड दिनुभयो । सामुदायिक रेडियोहरुको छाता ंसंगठन अकोराव कर्णालीका गोर्खबहादुर थापाले कोभिडको राहतमा एकद्धार प्रणालीलाई थप जोड दिनुपर्ने बताउनुभयो । यसैगरी जिल्लाका गौरवका आयोजनामा विशेष ध्यान दिन पत्रकारहरुको जोड थियो ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलमाया शाहीले महिला प्रजिअ आएपछि सिमान्तकृत समुदायको पक्षमा काम हुनेमा जोड दिनुभयो । सचिव मानदत्त रावलले सूचना दिने कामलाई सजिलो बनाउन पहिलो प्रथामिकता दिनुपर्नेमा जोड दिनुभयो ।

नाग्म गमगडि राजमार्ग निर्माण व्यवसायीका कारण काम ढिलाई भएकाले स्थानीय प्रशासनले जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
दुई बर्ष अघि महिला प्रजिअ दुर्गा बञ्जाडे पहिलो प्रजिअको रुपमा जुम्लामा आउनु भएको थियो ।

प्रतिकृया दिनुहोस्