OnlinePana

आज : २०८२ आषाढ २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ २१, २०७८
१०१४ पटक

 २० असार २०७८, आईतबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले चेक अनादर मुद्दाका एक फरार प्रतिवादी महिलालाई पक्राउ गरेको छ ।

वीरेन्द्रनगर नगरपालिका १ सुर्खेत धारपानीका ३२ वर्षीय महिला पार्वती शाहीलाई प्रहरीले पक्राउ गरेको हो । सुर्खेत जिल्ला अदालतको विसं.२०७७ फागुन २८ गतेको आदेशले चेक अनादर मुद्दामा प्रतिवादी शाहीलाई दुई वर्ष कैद सजायको फैसला गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

अदालतको उक्त फैसला कार्यान्वयनको लागि विशेष सूचनाको आधारमा जिप्रकाबाट खटिएको प्रहरी टोलीले आईतबार पक्राउ गरी कार्यालयको हिरासत कक्षमा राखेको जनाईएको छ । आज एन्टिजेन परीक्षणपश्चात् सुर्खेत जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्