OnlinePana

आज : २०७८ आश्विन ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २१, २०७८सुर्खेत
६४ पटक

२० असार २०७८, आईतबार

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले हालै मात्र दुईवटा कार्यविधि स्वीकृत गरेको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आईतबार सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले ‘मुख्यमन्त्री दलित आयआर्जन (रोजगारी) प्रवद्र्धन कार्यक्रम सञ्चालन (पहिलो संशोधन) कार्यविधि २०७८’ स्वीकृत गरिएको जानकारी दिनुभयो ।

त्यस्तै, दुर्गम क्षेत्रका कोभिड–१९ का गम्भीर बिरामीका लागि ‘हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७८,’ स्वीकृत गर्ने निर्णयसमेत गरिएको प्रवक्ता नेपालीले बताउनुभयो । उहाँका अनुसार प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतको प्रदेश रंगशाला निर्माण आयोजनालाई प्रदेश गौरवको आयोजना घोषणा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

प्रतिकृया दिनुहोस्