OnlinePana

आज : २०८१ पौष ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १६, २०७८काठमाडौं
१४२८ पटक

 १६ असार २०७८, बुधबार

देउथल युद्धमा बीरगति प्राप्त गरेका भक्ति थापालाई नेपालको राष्ट्रिय विभूतिमा समावेश गर्ने नेपाल सरकार मन्त्रिपरिषदले निर्णय गरेको छ। असार १४ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

थापाले देउथलमा भएको नेपाल(अंग्रेज युद्धमा वीरता प्रदर्शन गरेका थिए। विसं १७९८ मा लमजुङमा जन्मिएका थापा नेपाल(अंग्रेज युद्धको बखत नेपालका वरिष्ठ सैनिक थिए। उनी पहिले लम्जुङका राजा केहरीनारायण शाहका सेनाका सरदार भएकाले लमजुङका तर्फबाट धेरै पटक युद्ध लडेका थिए।

गोरखा (नेपाल) सँगको अन्तिम युद्धमा पराजित भई युद्धबन्दीका रुपमा काठमाडौं पुगेको करिब एक वर्षपछि उनी नेपाली फौजका सरदार भई नेपाल एकीकरण अभियानमा संलग्न भएका थिए। त्यस्तै सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा बाजुराका श्री राजबहादुर गिरीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले सरकारी निकायको वेवसाइट निर्माण तथा व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७८ पनि स्वीकृत गर्ने निर्णय गरेको छ। थापासहित अब नेपालमा अब १७ जना राष्ट्रिय विभूति भएका छन् ।

नेपालका १६ जना राष्ट्रिय विभूतिहरु

१ गौतम बुद्ध
२ अंशुवर्मा
३ सीता
४ जनक
५ अरनिको
६ रामशाह
७ अमरसिंह थापा
८ पृथ्वीनारायण शाह
९ भानुभक्त आचार्य
१० भीमसेन थापा
११ बलभद्र कुँवर
१२ श्री ५ त्रिभुवन
१३ मोतीराम भट्ट
१४ शङ्खधर शाख्वा
१५ पासाङ ल्हामु शेर्पा
१६ महागुरु फाल्गुनन्द

प्रतिकृया दिनुहोस्