OnlinePana

आज : २०८३ साउन ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १६, २०७८सुर्खेत
६९३ पटक

१६ असार २०७८, बुधबार

राउटे समुदायका दुई युवतीमाथि यौन दुर्व्यवहार गर्ने सुर्खेतका तीन जना युवालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

जिल्ला अदालत सुर्खेतले गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । उनीहरुविरूद्ध मानव ओसारपसार, यौन दुर्व्यवहार तथा जबरजस्ती करणाी को मुद्दा दर्ता भएको थियो ।

अदालका न्यायाधीश डिलप्रकाश सापकोटाको एकल इजलासबाट आज तीनै जना अभियुक्तलाई पुर्पक्षका लागि चलान गर्न आदेश दिईएको जिल्ला अदालत सुर्खेतले जनाएको छ। राउटे समुदायका १९ र २३ वर्षीया युवतीलाई होटलमा लगेर मदिरा सेवन गराई उनीहरुलाई यौन दुर्व्यवहार गरेको भिडियो गत जेठ २३ गतेदेखि सामाजिक सञ्जालमा सार्वजनिक भएपछि तीनै जनालाइ प्रहरीले पक्राउ गरेको थियो ।

 

प्रतिकृया दिनुहोस्