OnlinePana

आज : २०७९ चैत्र १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १५, २०७८जुम्ला
६६७ पटक

१५ असार २०७८, मंगलबार

एकीकृत अखिल नेपाल शिक्षक संगठन (अन्टाओ) सम्वद्ध शिक्षकहरुले देशभरका शिक्षकहरुलाई कोरोना भ्याक्सिन उपलब्ध गराउन जोडदार माग गरेका छन् ।

नोबेल कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट जीवन गुमाएका शिक्षक कर्मचारीहरुको सम्झनामा आज साँझ ७ः४५ बजे जुम्लासहित मुलुकभर दिप प्रज्ज्वलन गर्दै शिक्षकहरुले कोरोनाका कारण शिक्षा क्षेत्र निकै प्रभावित भएकोले यथाशीघ्र आफुहरुलाई कोरोना भ्याक्सिन दिईनुपर्ने माग राखेका हुन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन जुम्लाका सचिव जयशंकर धितालले देशभर २५० बढी शिक्षक कर्मचारीले ज्यान गुमाउँदा पनि सरकारले वेवास्ता गरेको दुखेसो गर्नुभयो । सरकार ! हामी शिक्षण कार्य शुरु गर्न तयार छौं, सचिव धितालले भन्नुभयो, ‘यद्यपि सरकारले हामीलाई बेलैमा कोरोना दिनुपर्दछ ।’

सयौं बालबालिकाको भीडमा हुने पठनपाठनलाई ध्यानमा राखेर सरकारले जतिसक्दो चाँडो देशैभरका शिक्षकहरुलाई कोरोनाका भ्याक्सिन लगाउनुपर्ने उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्