OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १५, २०७८सुर्खेत
६१६ पटक

१५ असार २०७८, मंगलबार

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले असार १५ ज्येष्ठ नागरिकहरुसँग मनाउनुभएको छ । वीरेन्द्रनगरमा रहेको प्रशान्ति वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरुसँग मन्त्री बुढाक्षेत्रीले असार १५ मनाउनु भएको हो । उनले आश्रममा रहेका २४ जना ज्येष्ठ नागरिकहरुलाई फलफूल वितरण गर्नुका साथै दही च्यूरा पनि वितरण गर्नुभयो ।

कार्यक्रममा मन्त्री बुढाक्षेत्रीले ज्येष्ठ नागरिकलाई सम्मान पूर्वक जीवनयापनको वातावरण बनाउने दायित्व सबैले पूरा गर्नुपर्ने बताउनु भएको छ । जन्मेपछि सबै बुढो हुने बताउँदै उनले ज्येष्ठ नागरिकलाई सम्मान गर्नेलेनै सम्मान पाउने बताउनुभयो ।

‘मानव जीवनमा सबै मानिसहरु एक पटक बुढो हुनैपर्छ, बुढो भएपछि हेलोहोचो गर्ने र घरबाट निकाला गर्ने प्रथाले कतिपय ज्येष्ठ नागरिकले दुःख पाउनु परेको छ,’ मन्त्री बुढाक्षेत्रीले भने, ‘यस्तो अवस्थाको अन्त्य गर्ने दायित्व राज्यका सबै नागरिकहरुको हो ।’ उनले दुःखमा परेकालाई प्रशान्तिले आश्रय दिई पालनपोषण गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

उनले वृद्धाश्रमले असाहय र आफ्नैबाट हेपिएका ज्येष्ठ नागरिकहरु राखेर पुण्यको काम गरेको भन्दै वृद्धाश्रमलाई सामाजिक विकास मन्त्रालयको पनि सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यस्तै वृद्धाश्रममा नेपालका विभिन्न जिल्लाहरुबाट आश्रय लिइरहेपनि भवन र संस्था व्यवस्थापनका लागि आर्थिक अभाव भएको संस्थाका अध्यक्ष बालकृष्ण श्रेष्ठले बताए । अहिले उक्त आश्रममा साहाराविहिन २४ जना ज्येष्ठ नागरिकहरु बस्दै आउनु भएको छ ।

प्रतिकृया दिनुहोस्