OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १४, २०७८काठमाडौं
७१६ पटक

१४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता माधवकुमार नेपालबारे अशोभनीय टिप्पणी गरेका छन् । प्रचण्डको पुच्छर, लाजसरम पचेको, अराजक, अनुशासनहीन र इमान नभएको भन्दै ओलीले नेपालको आलोचना गरेका हुन् ।

७०औं मदन भण्डारी जयन्तीको अवसरमा सोमबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘मैले भनेको थिएँ, माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता हुन् । तर धाक के लगाएर हिँडेका छन् भने केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो ! मलाई बहुला कुकुरले टोकेको छ र ?

उनले अघि भने, ‘अरु कोही नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्री प्रस्ताव केपी ओलीले राख्ला ?’

नेता नेपालले अहिले अध्यक्ष, त कहिले प्रधानमन्त्रीको प्रस्ताव राखेको भन्ने प्रचार गर्दै हिँडेको भन्दै एमाले अध्यक्ष ओली भने, ‘यिनी एक ढंगले भन्ने हो भने प्रचण्डका पुच्छर हुन् । पुच्छर भएपछि जन्तु पूर्वतिर फर्कियो भने त्यो पश्चिमतिर हुन्छ, पश्चिमतिर फर्कियो भने त्यो पूर्वतिर हुन्छ । तर सँगै हुन्छ ।’ प्रचण्ड कांग्रेसतिर लागेपछि माधव नेपाल पछिपछि लागेको उनको टिप्पणी थियो ।

 

प्रतिकृया दिनुहोस्