OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नवीन रिजालआषाढ १३, २०७८दैलेख
८०९ पटक

१३ असार २०७८, आईतबार

दैलेखका विभिन्न विद्यालयमा अहिले पाठ्यपुस्तक धमाधम वितरण भइरहेको छ । यहाँ वितरण गरिएका अधिकांश पाठ्यपुस्तक सरकारको निर्देशन विपरीत वितरण भएको पाइएको छ ।

जनक शिक्षा सामग्रीमार्फत सरकारले जारी गरेको नयाँ नक्सा अंकित पाठ्यपुस्तक बिक्री–वितरण गर्नु गराउनु भनेर दिएको निर्देशन दैलेखमा लागू हुन सकेको छैन । कतिपय पुस्तक बिक्रेताले पुरानै नक्सा अंकित पुस्तक विद्यार्थी समक्ष पु¥याएका छन् ।

जनक शिक्षा सामग्री केन्द्र काठमाडौंले पुस्तकमै पाठ्यपुस्तक सम्बन्धी सम्पूर्ण अधिकार पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरलाई हुने उल्लेख गरेको छ । केन्द्रको लिखित स्वीकृतिविना व्यापारिक प्रयोजनका लागि पूरै वा आंशिक भाग हुबहु प्रकाशन गर्न, परिवर्तन गर्न र प्रतिलिपि निकाल्न नपाइने व्यवस्था गरेको छ ।

डुगेश्वर गाउँपालिका, नारायण नगरपालिका, भगवतीमाई गाउँपालिकालगायतका विभिन्न पालिकाका विद्यालयमा वितरण गरिएका अधिकांश पुस्तकमा पुरानै नक्सा देख्न पाइन्छ । कक्षा ८ का विद्यार्थीले पाएको किताबमा पुरानै नक्सा कायम छ । हामीले सम्बन्धित निकायलाई खबर गरेका छौँ,’ त्यहाँका अभिभावकहरुले गुनासो गर्नुभयो ।

दैलेखको शिक्षा विकास तथा समन्वय इकाइले मन्त्रालयको परिपत्र अनुसार नयाँ नक्सा भएको पाठ्यपुस्तक मात्र विद्यार्थीलाई वितरण गर्न पत्राचार गरेको छ । ‘हामीकहाँ पुरानै पुस्तक वितरण भएको गुनासो आए पछि शिक्षा समितिको बैठक बसी तत्काल फिर्ता गर्न बिद्यालयलाई निर्देशन गरेका छौ, बिक्रेताहरुलाई चिठी पठाएर सबैलाई मन्त्रालयको परिपत्रअनुसार काम गर्न भनेका छौँ,’ शिक्षा विकास तथा समन्वय इकाइ दैलेखका प्रमुख तेजबहादुर थापाले भन्नुभयो ।

विद्यालयका शिक्षकले पनि यो विषयलाई ख्याल गरेर पुस्तक खरिद गर्न आग्रह गरेको थापाले बताउनुभयो । नियम विपरीतका पुस्तकहरू वितरण गरेका गुनासो जिल्ला प्रशासन कार्यालय दैलेखमा पुगेपछि जिल्ला प्रशासन कार्यालयले पुरानो पाठ्यपुस्तक तत्काल सबै शिल गरेर लिखितरुपमै पुराना पाठ्यपुस्तक वितरण नगर्नु भनेर शिक्षा समितिको बैठक बसी शिक्षा इकाइमार्फत जानकारी गराएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्