OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १३, २०७८ सुर्खेत
४६५ पटक

 १३ असार २०७८, आईतबार

कर्णाली प्रदेश सरकारले असार १ गते आगामी वर्ष २०७८÷०७९ को बजेट सार्वजनिक गरे यता बजेटमाथि छलफल हुन सकेको छैन । तीन पटक आह्वान गरिएको बैठक नचलेरै स्थगित भयो । असार ११ गते बाह्रौं बैठक बस्यो तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन अवरुद्ध गरेपछि स्थगित भयो ।

यो क्रम निरन्तर चलिरहेको छ । आज पनि नेकपा एमालेले सदन अवरोध गरेपछि बैठक स्थगित भएको छ । सभामुख राजबहादुर शाहीले बैठक शुरु गर्ने बित्तिकै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले प्रदेशसभा दलका नेता यामलाल कँडेलले सरकार र सदनमा आफ्ना कुरा सुनुवाई नभएको टिप्पणी गर्नुभयो । एउटै पार्टी प्रतिपक्ष र सत्तापक्ष हुने गरी चलाउन खोजिएको बैठक संसदीय अभ्यास विपरीत भएको उहाँले तर्क गर्नुभयो ।

नेता कँडेलले भन्नुभयो, “नेकपा एमाले कर्णाली प्रदेशसभा दलको सदस्यको हैसियतमा सर्वोच्च अदालतले जेठ २७ गते पुनर्बहाली गरेका प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाही दलीय अनुशासन अनुसार चलेको अवस्था छैन । यस अघि सभामुख शाहीले चारै जनलाई नेकपा एमाले प्रदेशसभा दलको सदस्यको हैसियत कायम रहेको पत्र पढेर जानकारी गराउनुभएको थियो ।”

“एमाले प्रतिपक्ष र सत्तापक्ष हुने के यो प्रदेशसभाको आसन व्यवस्था त्यस्तो छ ?” सभामुखलाई प्रश्न गर्दै उहाँले भन्नुभयो, “सर्वोच्च अदालतले गरेको निर्णय त्यस्तै हो ? सर्वोच्चको निर्णयलाई सम्मान गर्दा पनि पुनर्बहाली भएका प्रदेशसभा सदस्यहरुले त्यो बाटो अँगाल्नुभएको छैन ।” सभामुखको रुलिङसहित भएका निर्णय कार्यान्वयन र प्रदेशसभामा दल अनुसार आसन व्यवस्था नभएको जनाउँदै उहाँले संविधान धारा १६८ को उपधारा २ बमोजिम सरकारले चल्नुपर्ने बताउनुभयो ।

संविधानको संरचना अनुसार काम गर्न आग्रह गर्नुभएका उहाँले सर्वोच्च, सभामुख र संविधान विपरीत काम त्यसलाई समर्थन, सहयोग र स्वीकार्न नसकिने र बैठकको कारवाही अगाडि बढ्न नदिने धारणा व्यक्त गरेलगत्तै एमालेका प्रदेशसभा सदस्यहरुले सदन अवरोध गरेको थिए । सदन अवरोधका कारण सभामुख शाहीले असार १८ गते शुक्रबार दिउसोः २ः०० बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराउनुभयो ।

प्रतिकृया दिनुहोस्