OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १२, २०७८सुर्खेत
३९१ पटक

१२ असार २०७८, शनिबार

कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना संक्रमितहरु निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा मात्र कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या १२४ पुगेको छ ।

कर्णालीमा एक लाख २० हजार २७८ जनाको आरटी पीसीआर र ३३ हजार ४८४ जनाको एन्टिेजेन परीक्षण गरिएकोमा २७ हजार ७३५ जनामा संक्रमण पुष्टि भएको विज्ञप्ति स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशको सार्वजनिक गरेको छ । कुल संक्रमितमा २५ हजार १२९ अर्थात् (९१ प्रतिशत) ले कोरोना जितेर घर फर्केको निमित्त निर्देशक डा.रविन खड्काले जानकारी दिनुभयो ।

“पछिल्लोे दुईसाता यता कोरोना संक्रमणको दर आरालो लागेको छ । अहिले संक्रमित भन्दा निको हुनेको संख्या बढ्दै गएको छ,” निर्देशक डा.खड्काले भन्नुभयो, “नयाँ भेरियन्टसहितको कोरोना महामारीका कारण बैशाख १० गते यता बढेको त्रासदी पनि कम हुँदै गएको छ । यसले संक्रमण जित्नेको आत्मबल बढेको पाएका छौं ।”

आइसोलेसनमा रहेको दुई हजार संक्रमितको संख्या घटेर एक हजार २३० मा पुगेको उहाँले जनाउनुभयो । उहाँका अनुसार मृत्युको संख्यामा पनि कमी आएको छ । पछिल्लो २४ घण्टामा ११० जनामा कोरोना पुष्टि भएको र संक्रमणबाट तीन व्यक्तिको मृत्यु भएसँगै हालसम्म यो प्रदेशमा ३०७ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

कोरोना महामारीबाट यो प्रदेशमा सबैभन्दा ठूलो क्षति सुर्खेतलाई पुगेको छ । सुर्खेतमा हालसम्म १७७, सल्यानमा ५०, रुकुमपश्चिममा २९, दैलेखमा २२ र जुम्लामा आठ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्