OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ११, २०७८
४३३ पटक

कर्णाली, ११ असार

कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको बाह्रौं बैठक आज पनि चल्न सकेन । असार १ गते यता चार पटक स्थगित भएको सदन आज शुरु भएको दुई मिनेटमै नेकपा एमालेले अवरोध गरेको थियो ।
आजको बाह्रौं बैठकको प्रारम्भ भएसँगै नेकपा एमाले प्रदेशसभा दलका प्रमुख सचेतक गुलाबजंग शाहले असार १ गते बजेट प्रस्तुत गरेको १० दिन बितिसकेपनि सरकारले संसदको गाम्भीर्यता नबुझेको बरु सरकार प्रमुख मुख्यमन्त्री महेन्द्रबहादुर शाहलिे नेकपा एमालेभित्रको आन्तरिक किचलोले संसद चल्न नसकेको भ्रम छरेको भन्दै उहाँप्रति रोष प्रकट गर्नुभयो ।

नेकपा एमालेको संसदहरुको कारण संसद अवरुद्ध नभएको प्रष्ट्याउँदै सचेतक शाहीले भन्नुभयो, “नेकपा एमालेको राजनीतिक मुद्दा संसदमा राख्दा सरकारले सुनुवाई गरेन । हिजो फरक परिस्थितिमा मन्त्री भएका मान्छेहरु सर्वोच्च अदालतले पुनर्बहाली गरिसकेपछि नेकपा एमालेको दलको सदस्यको रुपमा उपस्थिति हुन गरेको निर्देशन सरकार र सदनले लागु गरेन ।”

सचेतक शाहले सरकारले स्थानीय तहमा समपुरक, समानीकरण, विशेष अनुदान घटाएको तर सशर्त अनुदान प्रदेशको पैसा भएकोले बढाएर रु.एक अर्ब २९ करोड ९९ लाख पुर्याएको र कार्यकर्ता भरपोषण गर्नका लागि योजना बाँडेको टिप्पणी गर्नुभयो । प्रदेशसभामा छलफलै नभएर योजना छरपष्ट ढंगबाट तल गईसकेको उहाँको आरोप थियो ।

उहाँले सरकारमा सामेल हुने कुरा दलको निर्णयबाट हुने भएकोले हाल भएका मन्त्रीहरु कुन धारा र विधानबाट भएका हुन् ? एमालेले उठाएका ती मुद्दाहरु सुनुवाई नगरेसम्म सदनको कारवाही अगाडि बढ्न नदिने भनेसँगै सदन अवरुद्ध भएको थियो । अवरुद्ध बैठक अगाडि बढ्न नसकेपछि सभामुख राजबहादुर शाहीले यही १३ गते दिउसो २ः०० बजेसम्मका लागि स्थगित भएको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्