OnlinePana

आज : २०८१ बैशाख ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,आषाढ ११, २०७८जुम्ला,
७३८ पटक

खलंगा असार ११ गते । यस पटकको बर्षाले कर्णाली राजमार्गको धेरै स्थानमा ठूल ठूला ढुंगानै खस्ने गरेको छ । राजमार्गको जुम्ला र कालिकोट खण्डका विभिन्न स्थानमा ठूला चट्टानहरु खस्न थालेपछि यो बर्ष त्रास बढेको छ ।
डिभिजन सडक कार्यालयका अनुसार जुम्ला देखी दही खोला सम्म कही पहिरो त कही ठूला ढुंगा खसेर अवरोध बनाएको थियो तर खुलाईएको बताईएको छ ।

जुम्लाको रारालिही, कालिकोटको भिग्म र राँचुलीमा बृहत ढुंगा खसेपछि स्काभेर लगाएर खोलिएको छ । ति क्षेत्रमा ५ दिन लगातार ईन्जिनियर, प्राविधिक सहित खटिएर खुलाईएको कार्यालयले जनाएको हो ।

डिभिजन सडक कार्यालय प्रमुख लिलाबहादुर भण्डारीका अनुसार बृहत ढुंगा खसेपछि स्काभेटर सहित दिनरात प्राविधिक टिम खटाएर काम भईरहेको छ । रारामा दुईदिन, भिग्मामा एक दिन र राचुलीमा दुई दिन लगाएर ठूलो ढुंगा फोरिएको छ ।

उहाँका अनुसार राजमार्गका विभिन्न स्थानमा सानो तिनो पहिरो धेरै गईरहेको छ । यस पटक असारमै उच्च पहिरो आएपछि राजमार्गका धेरै स्थानमा बिग्रिएको छ । तर भने सकिदो राजमार्ग खुलाउने काम भएको भएको डिभिजन प्रमुखले जानकारी दिनुभयो । आजदेखी भने दहीखोला देखी जुम्ला सम्म कही समस्या नभएको उहाँले जानकारी दिनुभयो ।

धेरै बर्षा भएपछि ठूलो पहिरो र ढुंगा खस्न थालेका छन् । यद्यपी कोरोनाका कारण निषेधाज्ञा भएका कारण सार्वजनिक सवारी नगुडेपछि यस बर्ष सजिलो भएको छ । तर पनि पटक पटकको पहिरोले यस पटक धेरै क्षेति पुग्ने डर उत्तिकै छ ।

यसैगरी राजमार्ग खुलाउन भने स्थानीय प्रशासनको निकै धेरै चासो छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा सहित सुरक्षा निकाय प्रमुखहरु आफै सो क्षेत्रमा गई राजमार्ग खुलाएका छन् ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार रारालिही खण्डमा दिनभर लगाएर राजमार्ग सुचारु गरिएको थियो । दुइदिन लगाएर सो क्षेत्र खुलाएको प्रजिअ थापाले जानकारी दिनुभयो । यसैगरी डिभिजन कार्यालयले विहीवार विहानै भिग्ममा आएको बृहत पहिरो पन्छाएको छ । पहिरो पन्छाएपछि आपतकालिन यातायात सुचारु भएको छ ।

प्रतिकृया दिनुहोस्