OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १०, २०७८जुम्ला
१२४२ पटक

१० असार २०७८, बिहीबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको रजिष्ट्रारमा चन्दननाथ नगरपालिका ७ जुम्ला महतगाउँ निवासी नृपेन्द्र महत नियुक्त हुनुभएको छ ।

प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलको सिफारिसमा प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङ्ले असार ३ गते महतलाई रजिष्ट्रारमा नियुक्ति गर्ने निर्णय गरेको थियो । जेठ १६ गते निवर्तमान रजिष्ट्रार विश्वराज काफ्लेको चार वर्षीय पदावधि सकिएपछि उक्त पद खाली भएको थियो । स्वास्थ्य मन्त्रालयबाट बुधबार रजिष्ट्रारको नियुक्ति बुझेको महतले जानकारी दिनुभयो ।

नवनियुक्त रजिष्ट्रार महतले व्यवस्थापन र राजनीतिकशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । कोरपाटीसँग कुरा गर्दै उहाँले प्रतिष्ठानको ऐन, नियमावली र कार्यविधिले तोकेको परिधिभित्र रहेर प्रतिष्ठानको व्यवस्थापकीय क्षेत्रमा आफूले पूर्णरुपले जिम्मेवारी निर्वाह गर्ने बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस्