OnlinePana

आज : २०८३ जेठ २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ८, २०७८ जुम्ला
८७२ पटक

८ असार २०७८, मंगलबार

नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष तथा कर्णाली सरोकार दैनिकका सम्पादक नेत्रबहादुर शाहीलाई कोरोना संक्रमण भएको छ । कोरपाटी डटकमका प्रधानसम्पादकसमेत रहनुभएका अध्यक्ष शाहीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आरटी पीसीआर परीक्षण गर्दा  कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

महासंघका जिल्ला उपाध्यक्ष दिलमाया शाहीका अनुसार कोभिड कहरको बीचमा अग्रभागमा रहेर समाचार संकलन तथा सूचना प्रवाहको क्रममा उहाँलाई कोरोना संक्रमण देखिएको हो । अध्यक्ष शाही हाल होम आईसोलेशनमा हुनुहुन्छ । शाहीसहित उहाँको पत्नी शिवा शाहीलाई पनि कोरोना संक्रमण भएको छ । अध्यक्ष शाहीले कोरोनाका केही लक्षण देखिएपनि अवस्था सामान्य रहेको बताउनुभयो ।

यसअघि नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष नरेन्द्रनाथ योगी, निवर्तमान केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाई, रेडियो प्रसारक संघ कर्णाली प्रदेश संयोजक तथा रेडियो कर्णाली एफएम जुम्लाका स्टेशन म्यानेजर गोरखबहादुर थापा, प्रेस यूनियनका केन्द्रीय सदस्य तथा कान्तिपुर जुम्ला संवाददाता एलपी देवकोटा, मिडिया नेपाल जुम्ला अध्यक्ष तथा इमेज खबरका जुम्ला संवाददाता कृष्ण बोहरासमेलाई कोरोना संक्रमण भएको थियो । संक्रमित सबैजना निको भएर घर फर्केको जनाईएको छ ।

 

प्रतिकृया दिनुहोस्