OnlinePana

आज : २०८३ बैशाख २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ ७, २०७८
१०९२ पटक

 ७ असार २०७८, सोमबार

कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘नेपाल योगध्यानको पवित्र तपोभूमि’ भएको बताउनुभएको छ । ‘सातौं अन्तर्राष्ट्रिय योग दिवस’ को अवसरमा आज प्रदेश प्रमुख कलौनीले कर्णालीवासी तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा आरोग्यताको शुभकामना व्यक्त गर्नुभएको हो ।

एक शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “भगवान् शिवले पत्नी पार्वतीलाई पहिलो पटक योग शिक्षा दिएको विभिन्न शास्त्रीय ग्रन्थमा वर्णन गरेको पाइन्छ । योग र ध्यानका लागि हाम्रो देश नेपाल एक पवित्र तपोभूमि हो । यही भूमिमा ऋषिमुनि तथा वैद्यहरूले जप, तप र ध्यानको माध्यमबाट नयाँ ज्ञान प्राप्त गरेको इतिहास छ । तसर्थ, हामीले मनाउने अन्तर्राष्ट्रिय र राष्ट्रिय योग दिवसहरूले हरेक नागरिकमा योगाभ्यास गर्ने बानीको विकास गर्ने विश्वास मैले गरेको छु ।”

उहाँले योगको नियमित अभ्यासबाट सुस्वास्थ्य, कार्य क्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा वृद्धि, सकारात्मक सोचको विकासलगायत सकारात्मक गुणको विकास हुने कुरा हाम्रा पूर्वजहरुका खोज अनुसन्धान र व्यवहारबाट प्रमाणित भइसकेको मात्र नभई आधुनिक चिकित्सा पद्धतिले पनि स्वीकार गरिसकेको उल्लेख गर्नुभएको छ ।

कोरोना महामारीको वर्तमान अवस्थामा योगको महत्व अँझ बढेको जनाउँदै प्रदेश प्रमुख कलौनीले स्वास्थ्य मापदण्डहरु पालना गरी हरेकलाई दैनिकीको रुपमा योगाभ्यास गर्न र योग दिवस विशेष कार्यक्रम सम्पन्न गर्न आह्वान गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्