OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ६, २०७८काठमाडौं
७५७ पटक

 ६ असार २०७८, आईतबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वोच्च अदालतमा भ्याकेट (पुनरावेदन निवेदन) दर्ता गर्नुभएको छ। कर्णाली प्रदेशसभाका चार जना सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्चको अन्तरिम आदेश बदरको माग गर्दै प्रधानमन्त्रीले अदालतमा भ्याकेट दर्ता गराउनुभएको हो । अध्यक्ष केपी शर्मा ओलीले न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले दिएको अन्तरिम आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा भ्याकेट निवेदन दिएको ओलीका कानुन विज्ञ बाबुराम दाहालले जानकारी दिनुभयो ।

उहाँले जनाए अनुसार उक्त निवेदनको पेशी मंगलबार तोकिएको छ । निवेदनमा नेकपा एमालेको केन्द्रीय कमिटी नै महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण भएकाले केन्द्रीय कमिटीको अधिकार प्रयोग गर्न कुनै बाधा नपर्ने दाबी गरिएको छ ।

न्यायाधीश सिंहको इजलासले गत जेठ ३० गते एमाले महाधिवेशन आयोजक कमिटीको निर्णयका आधारमा गरिएको कारवाही अस्वीकार गर्दै कर्णालीका चार सांसदहरुको पुनर्बहाली गरेको थियो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा माधव नेपाल पक्षका सांसदहरू प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढाले फ्लोर क्रस गरेर विश्वासको मत दिएपछि एमालेले कारवाही गरेको थियो ।

बैशाख ३ गतेपछि कर्णालीबाट शुरु भएर देशैभरि फैलिएको यसप्रकारको विवादले एमालेभित्र अन्तरविरोधको खरो रुप लिएको छ । यसलाई एमालेले अहिलेसम्म सल्टाउन सकेको छैन । जसले गर्दा सातै प्रदेशका सरकारहरुमा उत्तारचढाव आईरहेका छन् ।

प्रतिकृया दिनुहोस्